बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय « Khabarhub

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा सातवटा पुल निर्माण गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा आज बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित क्षेत्रको यातायात सम्पर्क पुनःस्थापनाका लागि पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार नुवाकोटमा तीनवटा र रसुवामा दुईवटा झोलुङ्गे पुल निर्माण गरिनेछ । नुवाकोटको विदुर नगरपालिका–४ स्थित मेरिस्टोप मार्गदेखि वडा नं १२ को कफीबारी जोड्ने स्थान, सिम्तचौर र तिर्तिरे भीरमा झोलुङ्गे पुल निर्माण गरिनेछ ।

त्यस्तै रसुवाको स्याफ्रुबेँसी र थुमनबाट लिङलिङ जोड्ने स्थानमा एक–एकवटा झोलुङ्गे पुल निर्माण गर्ने निर्णय भएको मन्त्री केसीले जानकारी दिए । उनका अनुसार नुवाकोटको फलाखु खोलास्थित कुवापानी र विदुरस्थित त्रिशूली नदी वारपार गर्ने स्थानमा एक–एकवटा बेलिब्रिज निर्माण गरिनेछ ।

बैठकले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण, राहत तथा पुनःस्थापनाका लागि थप आर्थिक स्रोत व्यवस्थापन गर्न विभिन्न मन्त्रालयका प्रस्तावित कार्यक्रमको बजेट कटौती गर्ने निर्णयसमेत गरेको छ । मन्त्री केसीका अनुसार कटौती गरिएको बजेट विपद् व्यवस्थापन तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा परिचालन गरिनेछ ।

यसैगरी बैठकले प्रदेश सरकार कार्यसम्पादन नियमावली, २०७४ को नियम २६ को उपनियम (१) बमोजिम मन्त्रिपरिषद् मातहतका तीनवटा विषयगत समितिलाई पूर्णता दिएको छ ।

प्रशासन तथा विधेयक समितिको संयोजकमा सरल सहयात्री पौडेल तथा सदस्यमा भरतबहादुर केसी र राजेन्द्र प्रजापति, राजनीतिक समितिको संयोजकमा गिरबहादुर तामाङ तथा सदस्यमा राजेन्द्र प्रजापति र ज्ञानबहादुर तामाङलाई तोकिएको छ ।

त्यस्तै आर्थिक, सामाजिक तथा पूर्वाधार समितिको संयोजकमा भरतबहादुर केसी तथा सदस्यमा राजु विष्ट र रमा आलेमगर रहने निर्णय भएको छ । बैठकले प्रदेशका १३ वटै जिल्ला समन्वय समितिका लागि विनियोजित बजेट कार्यान्वयन तथा खर्च गर्ने अख्तियारी प्रदान गरेको छ ।

यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि बजेट विनियोजन भएका २१ वटा आयोजना सञ्चालन गर्न रु १३ करोड ८२ लाख ८१ हजार खर्च गर्ने अख्तियारी दिने निर्णयसमेत गरिएको मन्त्री केसीले जानकारी दिए ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ९ : १६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल