पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु « Khabarhub

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-६ फलामखानी घर भएका २९ वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका-७ बस्ने ३७ वर्षीय राजु कुमाल रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले जानकारी दिए।

उनका अनुसार आज दिउँसो घरको जग खन्ने क्रममा करिब सात फिट गहिरो खाल्डोमा काम गरिरहेका दुई जना मजदुर माथिबाट माटोको ढिस्को खसेर पुरिएका थिए। घटनाको जानकारी प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले तत्काल उद्धार कार्य सुरु गरेको थियो।

उद्धार टोलीले पुरिएका दुवै जनालाई माटो पन्छाएर उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगेको थियो । मृतक सुनारलाई अपहरान्न ४ः३५ बजे उद्धार गरिएकामा चिकित्सकले ५ः०० बजे मृत घोषणा गरेका जनाउँदै कुमाललाई साँझ ६ः०० बजेमात्र उद्धार गरिएकामा ६ः२६ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक रिजालले बताए।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक रिजालको कमाण्डमा १०, वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा सात तथा सशस्त्र प्रहरी बल नेपाल नं २४ हेडक्वाटर कालिका गण पोखराबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुजतकुमार यादवको कमाण्डमा १३ जनाको टोली उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ। अवैज्ञानिक तरिकाले गरिएका प्लटिङका कारणले घटना घटेको भन्दै सावधानी अपनाउनुपर्नेमा स्थानीयले जोड दिएका छन्।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  १० : ३२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको