यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै « Khabarhub

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी कुकुर तिहार मनाइँदैछ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

वैवस्वत मन्वन्तरको कूलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

नरक चतुर्दशी
आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु पर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् गौतमले बताए । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रुपमा मनाइन्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ५ : ४६ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै

काठमाडौँ– नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा

आज २०८३ साल कात्तिक २२ गते आइतबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २२ गते आइतबार सन् २०२६

कार्तिक कृष्ण त्रयोदशी : भगवान् धनवन्तरीको पूजा आराधना गरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडाैं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका

फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव हुँदै

कास्की – नेपाली मौलिक संस्कृति र परम्परागत देउसीभैलोको संरक्षण गर्दै