मुन्दुम पदमार्गको जानकारी दिन ‘वेबसाइट’ सञ्चालन « Khabarhub

मुन्दुम पदमार्गको जानकारी दिन ‘वेबसाइट’ सञ्चालन


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– मुन्दुम पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य तथा पदयात्रासम्बन्धी आवश्यक जानकारी पर्यटकलाई उपलब्ध गराउने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको छ ।

पदमार्गको प्रचारप्रसार, पर्यटन प्रवर्द्धन तथा पर्यटकलाई सहज रूपमा आवश्यक सूचना उपलब्ध गराउने लक्ष्यका साथ वेबसाइट सञ्चालन गरिएको हो ।

कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले वेबसाइट सञ्चालनमा ल्याएको हो । टुरिजम डट कोशी डट जिओभी डट एनपीबाट मुन्दुम पदमार्गसहित अन्य पर्यटकीय क्षेत्रको विषयसमेत जानकारी लिन सकिने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

मुन्दुम पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पदयात्राका क्रममा आवश्यकपर्ने जानकारी डिजिटल माध्यमबाट उपलब्ध गराउन वेबसाइट प्रभावकारी हुने अध्यक्ष बस्नेतको भनाइ छ । वेबसाइटमार्फत पदमार्गको अवस्थिति, पदयात्राका गन्तव्य, प्राकृतिक तथा सांस्कृतिक विशेषता, स्थानीय रहनसहन र पर्यटकीय आकर्षणबारे जानकारी लिन सकिनेछ ।

भोजपुर, खोटाङलगायत आसपासका क्षेत्रलाई जोड्ने मुन्दुम पदमार्ग पूर्वी नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । प्राकृतिक सुन्दरता, हिमाली दृश्य, किरात संस्कृति, ऐतिहासिक तथा धार्मिक महत्वका स्थलले यस क्षेत्रलाई पदयात्राका लागि आकर्षक बनाएको छ ।

वेबसाइट सञ्चालनले मुन्दुम पदमार्गको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

यसबाट पदयात्रामा आउने पर्यटकलाई यात्रा योजना बनाउन सहज हुनुका साथै स्थानीय पर्यटन व्यवसाय, घरबास तथा अन्य आर्थिक गतिविधिमासमेत टेवा पुग्नेछ । मुन्दुम पदमार्गको व्यवस्थित प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि डिजिटल प्रविधिको प्रयोगलाई महत्वपूर्ण माध्यमका रूपमा लिइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ९ : ३८ बजे

छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

पोखरा– पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक

मुन्दुम पदमार्गको जानकारी दिन ‘वेबसाइट’ सञ्चालन

भोजपुर– मुन्दुम पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य तथा पदयात्रासम्बन्धी आवश्यक

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योतिलाई

तनहुँ– तनहुँको भिमाद नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड

नरक चतुर्दशी स्नान र दीपदान गरियो

काठमाडौँ– अरुणोदयकालअघिको समयमा नदी, तलाउ, कुवा, पोखरी वा धारामा गई

भोजपुरको पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आकर्षण

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन