बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो « Khabarhub

बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँस्थित बङ्गलादेशी दूतावासले विविध कार्यक्रम आयोजना गरी बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाएको छ । 

सन् १९७५ नोभेम्बर ७ तारिखमा भएको ऐतिहासिक घटनाको स्मरण तथा बङ्गलादेशको इतिहासमा त्यस दिनको महत्त्व उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको प्रारम्भ बङ्गलादेशको राष्ट्रिय झण्डोत्तोलन गरी गरिएको थियो भने वक्ताहरूले सहिदको आत्माको चिरशान्ति तथा देशको निरन्तर शान्ति र समृद्धिको कामना गर्दै विशेष प्रार्थना गरिएको थियो ।
     
दिवसका अवसरमा बङ्गलादेशका राष्ट्रपति र प्रधानमन्त्रीले जारी गर्नुभएका शुभकामना सन्देशसमेत वाचन गरिएको थियो । यसैगरी दिवसको ऐतिहासिक पृष्ठभूमि र महत्त्व झल्काउने दुई वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

वक्ताहरूले ऐतिहासिक महत्त्व, राष्ट्र निर्माणको प्रक्रियामा त्यसले पुर्‍याएको योगदान तथा बङ्गलादेशको राजनीतिक इतिहासमा त्यसको भूमिकाबारे चर्चा गरेका थिए । उनीहरूले बहुदलीय प्रजातन्त्र, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पुन:स्थापनामा सहिद एवं प्रथम राष्ट्रपति जियाउर रहमानले निर्वाह गरेको भूमिकाको स्मरण गरे । 

साथै राष्ट्रिय एकता, सार्वभौमिकता र जनताको सामूहिक आकाङ्क्षाको संरक्षण गर्दै मुलुकको स्वतन्त्रता र लोकतान्त्रिक यात्रालाई अघि बढाउन उनले पुर्‍याएको योगदानको पनि चर्चा गरिएको थियो ।
     
बङ्गलादेशका लागि नेपालका राजदूत शफिकुर रहमानले बङ्गलादेशको राजनीतिक इतिहासको महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गरे । उनले स्वतन्त्रताका उद्घोषक तथा ‘वीर उत्तम’ उपाधिप्राप्त सहिद राष्ट्रपति रहमानलाई सोही दिन सैनिक सहकर्मी र आम नागरिकले बन्दी अवस्थाबाट मुक्त गराएको स्मरण गरे । 

त्यसपछि गम्भीर सङ्कटबाट मुलुकलाई बाहिर निकाल्ने जिम्मेवारी उनलाई सुम्पिएको उनले बताए । उनले बङ्गलादेशमा उत्पादनमुखी राजनीतिको सुरुआत गर्ने अग्रणी व्यक्तित्वका रूपमा राष्ट्रपति हमानको महत्त्वपूर्ण भूमिका र उनको दीर्घकालीन योगदानको पनि चर्चा गरे।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  १२ : ५२ बजे

प्रधानमन्त्री पत्नी सबिनाको कुकुर तिहार विशेष कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह बालेनकी पत्नी सबिना काफ्लेले आज आइतबार

बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो

काठमाडौँ– काठमाडौँस्थित बङ्गलादेशी दूतावासले विविध कार्यक्रम आयोजना गरी बङ्गलादेशको राष्ट्रिय

विद्युतीय अटो रिक्साले बदल्दै भारतका सडकको स्वरूप

हैदराबाद– भारतमा विद्युतीय तीनपाङ्ग्रे सवारी साधन (अटो रिक्सा) को प्रयोग

चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : प्रदेश प्रमुख देवकोटा

हेटौँडा– बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालीका मौलिक चाडपर्वले

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, थप नखसे भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउने

चितवन– पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा