काठमाडौं– फलामे बारभित्र थुनिएका कलाकार, अनुहारमा अनेक हाउभाउ र प्रस्तुतिमा हास्यको झल्को। यस्तो रोचक दृश्यसहित नेपाली हास्यव्यंग्यात्मक चलचित्र ‘तिरिमिरी झ्याइँ’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरसँगै निर्माण पक्षले चलचित्रको प्रदर्शन मितिसमेत घोषणा गरेको छ ।
उनीहरूको फरक–फरक हाउभाउ र प्रस्तुतिले चलचित्रको विषयवस्तु र शैलीप्रति दर्शकमाझ कौतूहल बढाएको छ ।
समीरको निर्देशनमा बनेको चलचित्र आगामी माघ २८ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको हो । आइतबार सार्वजनिक पोस्टरमा आभास अधिकारी, सुमन कोइराला, रेयर राई, सुरज चौलागाईं र सरोज अर्याल देखिएका छन्। ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले पोस्टर डिजाइन गरेका हुन् ।
आभास अधिकारीको कथा तथा अवधारणामा तयार भएको चलचित्रले समकालीन समाजका रमाइला, व्यंग्यात्मक र सामाजिक पक्षलाई मनोरञ्जनपूर्ण शैलीमा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।
होराइजन मोसन पिक्चर्सको ब्यानरमा बनेको यस चलचित्रमार्फत हास्य कलाकार सुमन कोइराला अर्थात् ‘दले दाई’ले ठूलो पर्दामा डेब्यु गर्दैछन् ।
चलचित्रमा धिरेन शाक्य, आभास अधिकारी, सुमन कोइराला, सरोज अर्याल, रेयर राई, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायत कलाकारको अभिनय छ ।
विशाल कक्षपतिको छायांकन, अभिषेक कार्कीको संगीत र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको चलचित्रको पटकथा तथा संवाद गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले तयार पारेका हुन् ।
प्रद्युम्न बोगटी (प्रविन) निर्माता रहेको चलचित्रमा आभास अधिकारी कार्यकारी निर्माता छन् । भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, दिनेश श्रेष्ठ र अनिल शर्मा सहनिर्माताका रूपमा छन् ।














प्रतिक्रिया