इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु « Khabarhub

इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–९ का २७ वर्षीय स्पर्स अर्याल र विराटनगर महानगरपालिका–२ का २८ वर्षीय सास्वत पोखरेल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

कोशी लोकमार्गमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा दुर्घटना भएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्रक चालक सुनसरीको रामधुनी नगरपालिका–५ का ३९ वर्षीय काशिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ४ : १९ बजे

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

हाइकोउ– दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ

फूल बेचेरै तिहार खर्चको जोहो

राँझा- बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको जोहो गरेका

एसिया कपमा नेपालको दोस्रो हार : यूएईसँग सात विकेटले पराजित

काठमाडौँ – एसीसी यू–१९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा

डिडिसीको बिक्री कक्ष भरतपुरमा

चितवन– भरतपुरको विशाल चोकमा  दुग्ध विकास संस्थान (डिडिसी) को बिक्री कक्ष

दरबारमार्गको लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा आएको