एसिया कपमा नेपालको दोस्रो हार : यूएईसँग सात विकेटले पराजित « Khabarhub

एसिया कपमा नेपालको दोस्रो हार : यूएईसँग सात विकेटले पराजित


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी यू–१९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । पहिलो खेलमा भारतसँग १० विकेटको हार खाएको नेपाल दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग सात विकेटले पराजित भएको हो ।

ओमनको अल अमेरात मैदानमा टस जितेर यूएईले फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको नेपाल ४१ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १५३ रनमा समेटिएको थियो । नेपालले दिएको १५४ रनको लक्ष्य यूएईले ४४ ओभर ४ बलको समाप्तिमा तीन विकेट गुमाएर १५८ रन बनाउँदै पूरा गरेको हो ।

नेपालले दिएको सामान्य रनको लक्ष्य पछ्याएको यूएईका लागि कप्तान अयान मिस्बाहले नटआउट सानदार अर्धशतकीय इनिङ्स खेले । उनले १०४ बलको सामना गर्दा ७५ रन बनाएका हुन् । अहमद खुदादादले २४ रन जोड्दा यलिन किरण राईले ३२ रन बनाए । यूएईविरुद्ध कमजोर बलिङ गरेको नेपालका लागि सुशील रावल, नितिज पट्टेल र बिपिन शर्माले एकएक विकेट हात पारे ।

पहिला ब्याटिङ गरेको नेपालका लागि सोहिल कुँवरले सर्वाधिक ३३ रन बनाउँदा सचिन भट्टले ३३, निरजकुमार यादव र दर्सन सोनारले १६–१६ रन जोडनुबाहेक अन्य ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्न सकेनन् ।

नेपाललाई सस्तैमा रोक्न यूएईका निशम खानले सर्वाधिक पाँच विकेट हात पारे भने आयन मिसवाहले तीन विकेट हात पार्दा नुरुल्लाह अयोबीले दुई विकेट लिए ।

दुई खेलमा पराजित भएको नेपाल समूह ‘ए’मा अंकबिहीन बनेको छ । भारत, पाकिस्तान र यूएईले भने दुईदुई अंक जोडेका छन् ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित यूएईले दोस्रो खेलमा नेपालमाथि जित निकालेको हो । पहिलो खेलमा नेपालले दिएको १ सय २९ रनको लक्ष्य भारतले १९ ओभर १ बलमा कुनै विकेट नगुमाई भेट्टाएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानको सामना गर्नेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ४ : ४५ बजे

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

हाइकोउ– दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ

फूल बेचेरै तिहार खर्चको जोहो

राँझा- बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको जोहो गरेका

एसिया कपमा नेपालको दोस्रो हार : यूएईसँग सात विकेटले पराजित

काठमाडौँ – एसीसी यू–१९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा

डिडिसीको बिक्री कक्ष भरतपुरमा

चितवन– भरतपुरको विशाल चोकमा  दुग्ध विकास संस्थान (डिडिसी) को बिक्री कक्ष

दरबारमार्गको लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा आएको