सलमानलाई भेट्दा भावुक भए अनुप विक्रम शाही, खुट्टा ढोगेको भिडियो भाइरल « Khabarhub

सलमानलाई भेट्दा भावुक भए अनुप विक्रम शाही, खुट्टा ढोगेको भिडियो भाइरल


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड सुपरस्टार सलमान खानसँग भेट्ने अवसर पाउँदा नेपाली अभिनेता अनुप विक्रम शाही कति उत्साहित थिए भन्ने कुरा एउटा भिडियोले देखाएको छ ।

सलमानलाई भेट्ने क्रममा अनुपले उनको खुट्टा ढोगेको दृश्य अहिले सामाजिक सञ्जालमा चर्चामा छ। सलमानले हात बढाउँदा अनुप भने झुकेर उनको खुट्टा छुन पुगेका थिए। त्यसपछि सलमानले पनि उनलाई आत्मीयतापूर्वक अंकमाल गरेका थिए।

शुक्रबार मुम्बईमा सलमान अभिनीत चलचित्र ‘मातृभूमि : मे वार रेस्ट इन पीस’को ट्रेलर सार्वजनिक कार्यक्रममा यो दृश्य कैद भएको हो। कार्यक्रममा सहभागी हुन नेपालबाटै मुम्बई पुगेका अनुपले फिल्मका कलाकारसँग फोटो खिचाउने क्रममा सलमानलाई भेटेका थिए।

भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको अर्को भिडियोमा सलमान अनुपको कानमा केही भनिरहेका देखिन्छन्। त्यसक्रममा अनुपले दुई पटक छातीमा हात राखेर आभार व्यक्त गरेका छन् । सलमानसँगको भेटमा उनी केही नर्भस देखिए पनि उनको अनुहारमा खुसी र सम्मान स्पष्ट झल्किन्छ ।

यसै चलचित्रमार्फत अनुपले बलिउडमा डेब्यु गर्दैछन् । फिल्ममा उनी चिनियाँ जनमुक्ति सेनाका एक मेजरको भूमिकामा देखिनेछन्। सलमानसँग उनको करिब १३ मिनेट लामो एक्सन दृश्य रहेको बताइएको छ ।

यसअघि एक अन्तर्वार्तामा अनुपले सलमानसँग एउटै चलचित्रमा काम गर्ने अवसरलाई आफ्नो जीवनकै अविस्मरणीय क्षण बताएका थिए। बाल्यकालदेखि पर्दामा हेर्दै आएका कलाकारसँग एउटै फिल्ममा अभिनय गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस भएको उनको भनाइ थियो ।

अनुपका लागि ‘मातृभूमि : मे वार रेस्ट इन पीस’ बलिउड प्रवेशको अवसर मात्र नभई आफूले लामो समयदेखि प्रशंसा गर्दै आएका सुपरस्टारसँग पर्दा बाँड्ने सपना पूरा हुने माध्यमसमेत बनेको छ । चलचित्र आगामी मंसिर १८ (डिसेम्बर ४) मा प्रदर्शनमा आउनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ५ : ४३ बजे

थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर रोटी  

चितवन– थारू समुदायमा आज मुख्य पर्व सोहराई धुमधामका साथ मनाइँदैछ ।

मेचीनगरबाट चारजना सडक मानवको उद्धार

झापा– मानव सेवा आश्रमको झापा शाखाले पूर्वपश्चिम राजमार्गमा अलपत्र अवस्थामा

सलमानलाई भेट्दा भावुक भए अनुप विक्रम शाही, खुट्टा ढोगेको भिडियो भाइरल

काठमाडौं– बलिउड सुपरस्टार सलमान खानसँग भेट्ने अवसर पाउँदा नेपाली अभिनेता

थारूकहाँ झिलिमिली होइन, बल्छ आकाशे बत्ती (तस्बिरहरु)

काठमाडौं– चितवनको कालिका नगरपालिका-५ स्थित थारू समुदायका स्थानीय तिहारमा घर

सरकारको दबाबमा साइबर ब्युरोबाट अनुसन्धान भइरहेको अजयबाबुको आरोप

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरोको