‘श्रीमतिले गायन त्यागेर मलाई नायक बनाइन्’ « Khabarhub

‘श्रीमतिले गायन त्यागेर मलाई नायक बनाइन्’


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दयाहाङ राई स्टारर फिल्म ‘मिरमिर’मा समावेश एक गीतमा उनकी श्रीमति बेनुका राईले स्वर दिएकी छन् ।

दयाहाङको श्रीमतिभन्दा पनि पहिला बेनुका गायिका थिइन् । लामो विश्रामपछि उनी गायनमा फर्किएकी हुन् । श्रीमानकै फिल्ममा गीत गाएपछि यस कोणबाट पनि चर्चा भएको छ ।

श्रीमान् (दयाहाङ) नेपाली चलचित्र क्षेत्रको व्यस्त नायक भने बेनुका गायन क्षमता हुँदा हुँदै घर–गृहस्थीमै रुमलिइन् ।

जबकि दयाहाङ नै भन्छन्, ‘बेनुकाको सपना नै अध्ययन र गायनलाई अगाडि बढाउनु थियो ।’ उनी यो पनि भन्छन् कि- मेरै कारण बेनुका गायनबाट टाढा भइन् ।

अहिले फिल्मको गीत गाएपछि बेनुकाको गायन मोह कायमै रहेको प्रष्ट हुन्छ । तर, उनी बीचमा किन गायनबाट विश्राममा भइन् ? प्रश्न स्वभाविक नै उठ्ने भयो । अझ श्रीमान् यही क्षेत्रमा भएकाले गायनमा जम्न उनलाई सहज हुने देखिन्छ ।

दयाहाङसँग विवाह नहुँदै बेनुका गायनमा धेर–थोर चर्चित थिइन् ।

दयाहाङ नै भन्छन्, ‘मेरो श्रीमतिको म ठूलो फ्यान थिएँ । त्यसबेला उसले राम्रो काम गरिरहेको थियो । उसको गीत सुन्दा सुन्दै म पछि लागेछु ।’

विवाह भएपछि नै व्यवसायिक गायनबाट बेनुका टाढिएकोमा दयाहाङ स्पष्ट छन् । विवाह हुँदा यी दुवै संघर्ष कालमै थिए।

विवाहपछाडि गायन त्याग गरेको आफूलाई नायक बनाउने निर्णय लिएको दयाहाङ बताउँछन् । सल्लाहमा आफ्नो सपना महत्वकांक्षी ठानेर त्यसलाई पूरा गरिदिन बेनुकाले गायन छाडेको दयाहाङले बुझेका छन् ।

उनी भन्छन्, ‘हामीले आफ्नो उद्देश्य र सपना सेयर गर्‍यौं । म रंगमञ्चमा पनि आबद्ध थिएँ । मेरो उदेश्य नाटकमा आउने नयाँ पुस्तालाई सहज मञ्च उपलब्ध गराउने थियो । हामीले रंगमञ्चमा आउन गरेको दुख उनीहरुले गर्नु नपरोस् भन्ने थियो । मेरो अर्को सपना नेपाली फिल्ममा बढीभन्दा बढी कथा आवोस् भन्ने थियो ।’

यही महत्वकांक्षी उद्देश्य पूराका लागि श्रीमानलाई साथ दिन बेनुकाले सक्रिय गायन त्याग्ने निर्णय गरेको दयाहाङ कुराबाट स्पष्ट हुन्छ । भन्छन्, ‘उसले मलाई साथ दिनै गायनलाई विश्राम दियो । अध्ययन चाहिँ पूरा गर्‍यो । यो पाटोमा मैले साथ दिएँ ।’

बेनुकाले त्यागले नै आफूले एक किसिमको सहज संघर्षको अवसर पाएको दयाहाङलाई आज पनि महसुस हुन्छ ।

अहिले अवस्था फेरिएको छ । दयाहाङ नेपाली फिल्मकै सबैभन्दा व्यस्ता नायक छन् । उनको व्यवसायिक व्यस्तता गज्जबकै छ ।

बेनुकाले गायन छोडेर घर केन्द्रित बन्दै दुई छोरा हुर्काइन् । दयाहाङले व्यवसायिक करिअरसँगै गति दिए, उनले घर व्यवहारलाई गति दिइन् ।

दयाहाङ बेनुकाप्रति कृतज्ञता व्यक्त गर्दै भन्छन्, ‘उसैले मलाई यो स्थानमा पुर्‍याएको हो । उसको त्यागले म यहाँ पुगेको हो । म आज जे छु त्यो हुन उसको ठूलो हात छ ।’

यो फिल्मको गीतमा पनि आफ्नो कारणले बेनुकाले गीत गाएको होइन भन्ने दयाहाङको दाबी छ ।

उनी भन्छन्, ‘मलाई टिमबाट एक गीत बेनुकालाई गाउन लगाउने भन्ने कुरा भयो । मैले आफ्नो तर्फबाट कुरा गर्नुस् भनेँ । पछि उहाँहरुले गीत गाउँन लगाउनुभएछ । रकर्ड गरेपछि भने बेनुकाले तिम्रै फिल्ममा पो गाउन लगाएको रहेछ भनेको थियो मलाई ।’

आफ्नो फिल्मको गीत भनेपछि नगाउने हो कि भन्ने शंकाले आफैँले बेनुकालाई प्रस्ताव नगरिदिएको दयाहाङ बताउँछन् ।

थप्छन्, ‘मेरो फिल्मको गीत भन्दा उसले नगाउन पनि सक्थ्यो । त्यही नि मैले कसैलाई गायनका लागि प्रस्वात गर्नु उचित होइन । मेरो जिम्मेवारी पनि होइन ।’

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ७ : २० बजे

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका