शंखरापुर बस दुर्घटना अपडेटः चारको मृत्यु, २२ घाइते « Khabarhub

शंखरापुर बस दुर्घटना अपडेटः चारको मृत्यु, २२ घाइते


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटना चार जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक तीन जनाको पहिचान खुलेको ट्राफिक प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसीकोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको पहिचान खुलेको र अन्य एक जनाको खुल्न बाँकी रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

“बस दुर्घटनामा अहिलेसम्म मृतकको सङ्ख्या चार पुगेको छ । घाइते २२ जना छन् । घाइतेको उपचार भइरहेको छ”, उनले भने ।

बुधबरा साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको थियो ।

घाइतेहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल, टिचिङ अस्पतालमा उपरचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ६ : ५८ बजे

बालेन सरकार : प्रधानमन्त्रीसहित सबै मन्त्रीले लिँदै शपथ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा

विकासे मन्त्रालय खोजेपछि अमरेश ‘आउट’, बालेनले नै राखे उद्योग मन्त्रालय

काठमाडौं- विकासे मन्त्रालय खोजेपछि डा. अमरेश सिंह अन्तिम समयमा मन्त्रीको

बालेनका विश्वास पात्र लमसाललाई भौतिक मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना विश्वासपात्र सुनिल लम्साललाई भौतिक

दोस्रो प्रयासमा अर्थ मन्त्रालय सम्हाल्दै स्वर्णिम वाग्ले

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाह (बालेन) देशको बिग्रँदो आर्थिक अवस्था

टिप्परको ठक्करबाट एक जनाको मृत्यु

घोराही– टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ ।