प्रतिनिधिसभा निर्वाचन : रोल्पाबाट उम्मेदवार सिफारिस भएपछि विप्लवले दिए धन्यवाद « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : रोल्पाबाट उम्मेदवार सिफारिस भएपछि विप्लवले दिए धन्यवाद


२४ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले रोल्पा जिल्ला समितिलाई धन्यवाद दिएका छन् ।
आफूलाई प्रत्यक्ष निर्वाचनका लागि रोल्पाबाट सिफारिस गरेको भन्दै उनले जिल्ला समितिलाई धन्यवाद दिएका हुन् ।
उनले आफूमाथिको विश्वास, अपेक्षा र जिम्मेवारीप्रति धन्यवाद दिएका हुन् । उनले यो सिफारिसले आफूमाथि जिम्मेवारी थपिएको महसुस गरेको बताएका छन् ।

‘हाम्रो जनप्रिय पार्टी नेकपा (माओवादी) रोल्पा जिल्ला समितिले प्रतिनिधिसभा सदस्यका लागि हुने प्रत्यक्ष निर्वाचनका लागि मलाई सिफारिस गरेकोमा आभारसहित धन्यवाद ब्यक्त गर्दछु ।

कमरेडहरूले गरेको विश्वास, राखेको अपेक्षा र दिएको जिम्मेवारीलाई पेचिलो राजनीतिक परिस्थितिको गह्रौं कार्यभारका रूपमा बोध भएको छ’, विप्लवले फेसबुकमा लेखेका छन्, ‘सबै मित्र, अभिभावक, शुभचिन्तक, राजनीतिक दलसँग परामर्श लिदैं निर्णय कार्यान्वयनतर्फ बढिनेछ ।
धन्यवाद ।’

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ८ : ३४ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको