स्पोर्ट्स अवार्ड : दीपेन्द्रसिंह र एरिका वर्षका उत्कृष्ट खेलाडी (फोटो फिचर) « Khabarhub

स्पोर्ट्स अवार्ड : दीपेन्द्रसिंह र एरिका वर्षका उत्कृष्ट खेलाडी (फोटो फिचर)


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पोखरा – क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार पोखरामा आयोजना गरेको २२औं पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा पुरुषतर्फ दीपेन्द्र र महिलातर्फ एरिका वर्ष उत्कृष्ट खेलाडी घोषित भए ।

खो खो विश्वकपमा दुई ऐतिहासिक रजत पदक दिलाउने नेपालको महिला र पुरुष टिमलाई ‘टिम अफ दि इयर’ अवार्ड प्रदान गर्दा पिपल्स च्वाइस अवार्ड भलिबलका हिमाल सुनारी र उत्कृष्ट युवा खेलाडीको अवार्ड नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोले हात पारे ।

पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड पाउँदा एथ्लेटिक्सकी प्रभा आङदेम्बेले उत्कृष्ट पारा एथ्लेटको अवार्ड पाइन् ।

पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड र पलेशा गोवर्धनलाई विशेष अवार्ड ‘ट्रेलब्लेजर अफ दि इयर’ प्रदान गरियो ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ८ : ५२ बजे

देवघाटमा झोलुङ्गे पुल मर्मत

नारायणगढ– माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा पुल

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही