स्पोर्ट्स अवार्ड : दीपेन्द्रसिंह र एरिका वर्षका उत्कृष्ट खेलाडी (फोटो फिचर) « Khabarhub

स्पोर्ट्स अवार्ड : दीपेन्द्रसिंह र एरिका वर्षका उत्कृष्ट खेलाडी (फोटो फिचर)


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पोखरा – क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार पोखरामा आयोजना गरेको २२औं पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा पुरुषतर्फ दीपेन्द्र र महिलातर्फ एरिका वर्ष उत्कृष्ट खेलाडी घोषित भए ।

खो खो विश्वकपमा दुई ऐतिहासिक रजत पदक दिलाउने नेपालको महिला र पुरुष टिमलाई ‘टिम अफ दि इयर’ अवार्ड प्रदान गर्दा पिपल्स च्वाइस अवार्ड भलिबलका हिमाल सुनारी र उत्कृष्ट युवा खेलाडीको अवार्ड नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोले हात पारे ।

पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड पाउँदा एथ्लेटिक्सकी प्रभा आङदेम्बेले उत्कृष्ट पारा एथ्लेटको अवार्ड पाइन् ।

पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड र पलेशा गोवर्धनलाई विशेष अवार्ड ‘ट्रेलब्लेजर अफ दि इयर’ प्रदान गरियो ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ८ : ५२ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि