कञ्चनजङ्घा आधार शिविर सुनसान « Khabarhub

कञ्चनजङ्घा आधार शिविर सुनसान


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसमअर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो ।

पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजङ्घा आधार शिविर खम्बाचेन, लोनाक र पाङ्पेमा क्षेत्र अहिले सुनसान बनेको छ । कञ्चनजङ्घाको दक्षिणी आधार शिविर चेइराम, रामजेरलगयात क्षेत्र पनि सुनसान बनेका छन् । 

पर्यटन व्यवसायीका अनुसार भ्रमण गर्ने याम सकिएसँगै पर्यटक आउजाउ गर्न छोडेपछि आधार शिविर सुनसान बनेको हो । पर्यटन व्यवसायी तेन्जिङ सेराप शेर्पाले पर्यटकीययाम सकिएपछि पर्यटक आउजाउ गर्न छाडेपछि होटेल व्यवसाय गर्दै आएका व्यवसायी तल्लो बस्तीतिर फर्किएका बताए ।

यसैबीच, कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो वर्षमा यहाँ आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यस वर्ष भ्रमणको पहिलो याममा ९५० जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले जानकारी दिए ।

उनका अनुसार यस वर्ष मङ्सिरपछि पनि फाट्टफुट्ट पर्यटक यहाँ आएका छन् । यस क्षेत्रको भ्रमण गर्नेमा विदेशी मात्र नभई आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढ्दै गएको छ । उनका अनुसार गत वर्षको पहिलो याममा ८७७ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका थिए । रासस

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ११ : ०९ बजे

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले

प्रयाङ्क नाममा मधेशी युवकमाथि दुर्व्यवहार, दुई पक्राउ

काठमाडाैं – प्रयाङ्क भिडियो बनाउने बहानामा एक युवकमाथि दुर्व्यवहार गरेको

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा