असन्तुष्ट समूहलाई वार्तामा आउन प्रतिष्ठानको आव्हान « Khabarhub

असन्तुष्ट समूहलाई वार्तामा आउन प्रतिष्ठानको आव्हान


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  भ्रष्टाचारको आरोप लगाउँदै सामाजिक सञ्जाल र प्रतिष्ठानको गेट अगाडि विरोध जनाउने असन्तुष्ट समूहलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले वार्तामा आउन आव्हान गरेको छ ।

प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गरी प्रतिष्ठानको काम कारबाहीप्रति असन्तुष्ट समूहलाई लिखितरूपमा माग प्रस्तुत गरी छलफलमा आउन ध्यानाकर्षण गराएको हो । 

विज्ञप्तिमा यही पुस १६ गते ‘प्रतिष्ठानविरूद्ध विरोधमा कार्यक्रम, नेपाली कलाकर्मीको आवाज अभियान’ भनी विभिन्न विषयका १५ बुँदा दिई सामाजिक सञ्जालमा आएको र त्यसैदिन केही कलाकार जम्मा भई प्रतिष्ठानको गेटबाहिर विरोध कार्यक्रम सञ्चालन गरेको उल्लेख छ । 

यसले प्रतिष्ठानको काम कारबाही र पदाधिकारीप्रति असन्तुष्टि व्यक्त गरेको भए पनि विभिन्न आरोप र आक्षेपप्रति प्रतिष्ठानको ध्यानाकर्षण भएको उल्लेख छ । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ले आरोप र विरोध सामाजिक सञ्जालमा गर्नु भन्दा लिखित र आधिकारिक रुपमा प्रतिष्ठानसँग माग राख्न अनुरोध गरेको बताए। 

‘हामीले सामाजिक सञ्जालमा प्रतिष्ठानको विरोध गरेको देख्यौँ”, उनले भने, “समाधानका लागि वार्तामा औपचारिक रुपमा आउनुपर्छ । हामी उनीहरुका गुनासा सुन्छौँ ।’
 

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १२ : २५ बजे

भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तीव्र (तस्बिरहरू)  

काठमाडौँ – कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले

बालेन लक्षित शंकरको प्रश्न : सिंहदरबार जलाउन उक्साउने को हो ?

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने को

बजेट अभावले होम्ताङ–पिखुवा लिफ्ट आयोजना निर्माणमा ढिलाइ

भोजपुर– बर्सेनि न्यून बजेट विनियोजन हुँदा भोजपुरको होम्ताङ–पिखुवा लिफ्ट खानेपानी

एनआरएनए अमेरिकाको स्पष्टिकरण- मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन

काठमाडौं– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका)

तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन

तेहरान– इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी