कांग्रेसको सिन्धुपाल्चोक र बाँके जिल्लाले पनि विशेष महाधिवेशनको पक्षमा निकाले विज्ञप्ति « Khabarhub

कांग्रेसको सिन्धुपाल्चोक र बाँके जिल्लाले पनि विशेष महाधिवेशनको पक्षमा निकाले विज्ञप्ति


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गते आह्वान गरेको विशेष महाधिवेशनमा सो पार्टीको सिन्धुपाल्चोक र बाँके जिल्लाले पनि विज्ञप्ति निकालेर समर्थन जनाएका छन् । 

कांग्रेस सिन्धुपाल्चोकका सभापति अंगबहादुर लामा र बाँकेको सभापति नारायणप्रसाद गौडेलले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन सफल बनाउन आह्वान गरेका हुन् ।

नेपाली कांग्रेसमा विशेष महाधिवेशन गर्ने र नगर्ने विषयमा कांग्रेसमा मतभेद बढ्दै जाँदा पार्टीको माथिदेखि तलसम्मका नेता तथा कार्यकर्ता ध्रुवीकृत भएर आफ्नो धारणा सार्वजनिक गर्ने गरिरहेका छन् । 

सोही क्रममा बिहीबार एकपछि अर्को गर्दै धेरै जिल्लाका सभापतिहरूले विशेष महाधिवेशनको पक्षमा विज्ञप्ति जारी गरेको देखिएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १ : ४७ बजे

प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को टिजर सार्वजनिक

काठमाडौं – नेपाली नायक प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को

एकताबद्ध भएर निर्वाचनमा जान कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको अपिल

काठमाडौं– नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले नेतृत्व तहलाई विशेष महाधिवेशनमार्फत एकताबद्ध

चौरासी जनाले आँखाको ज्योति पुनः प्राप्त गरे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको मेलम्चीमा भएको मोतियाबिन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाको

मैरिनेरा जहाज पक्राउ गैरकानुनी भएको रुसको दाबी

काठमाडौं– रूसले  ‘मैरिनेरा’ नामक जहाज पक्राउ गरिएको घटनालाई अन्तर्राष्ट्रिय समुद्री

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै