स्टार यशको जन्मदिनमा फ्यानलाई ‘टक्सिक’ टीजर उपहार « Khabarhub

स्टार यशको जन्मदिनमा फ्यानलाई ‘टक्सिक’ टीजर उपहार


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिक: ए फेयरिटेल फर ग्रोन-अप्स’ को टीजर बिहीबार सार्वजनिक भएको छ। यशको जन्मदिनको अवसर पारेर रिलिज गरिएको टीजरले उनको नयाँ पात्र ‘राया’ को पहिलो झलक देखाएको छ।

टीजरमा राया अत्यन्त खतरनाक, रहस्यमय र गहिरो व्यक्तित्वका रूपमा प्रस्तुत छन्। शान्त कब्रस्थलको दृश्यबाट सुरु हुने टीजरमा गोलीबारी र धुवाँ हटेपछि हतियारसहित यश प्रवेश गर्छन् र ‘Daddy’s home,’भन्छन्। छोटो दृश्यमै डर र रोमाञ्च दुवै महसुस हुन्छ।

केभीएन प्रोडक्सन्सले आधिकारिक सामाजिक सञ्जालमार्फत टीजर सार्वजनिक गरेको हो। फिल्ममा यशसँगै कियारा आडवाणी, नयनतारा, हुमा कुरेशी, रुक्मिणी वसन्त र तारा सुतारिया महत्वपूर्ण भूमिकामा छन्। कथा यश र गीतु मोहन्दासले लेखेका हुन् भने निर्देशन गीतु मोहन्दासले गरेका छन्।

‘टक्सिक’ एक एक्शन थ्रिलर फिल्म हो, जसको निर्माण केभीएन प्रोडक्सन्स र मन्स्टर माइन्ड क्रियेशन्सले संयुक्त रूपमा गरेका छन्। फिल्मको विश्वव्यापी रिलिज मिति १९ मार्च २०८३ तय गरिएको छ।

टीजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको उत्सुकता र चर्चा बढेको छ। यशको नयाँ, गहिरो र तीव्र ‘राया’ पात्रले ठूलो प्रभाव छोड्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १ : ३४ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी