भेनेजुएलामाथि अधिपत्य जमाउँदै ट्रम्प, अब अमेरिकी सामान मात्रै किन्न बाध्य बनाउँदै « Khabarhub

भेनेजुएलामाथि अधिपत्य जमाउँदै ट्रम्प, अब अमेरिकी सामान मात्रै किन्न बाध्य बनाउँदै


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले नयाँ तेल सम्झौताबाट प्राप्त हुने रकमले अमेरिकामा मात्रै बनेका सामान खरिद गर्ने बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा लेखेका छन्, ‘मलाई जानकारी दिइएको छ कि भेनेजुएलाले हाम्रो नयाँ तेल सम्झौताबाट प्राप्त रकमले अमेरिकामा बनेका सामान मात्रै खरिद गर्नेछ।’

उनले ती खरिदमा अमेरिकी कृषि उत्पादन, औषधि, मेडिकल उपकरण तथा भेनेजुएलाको विद्युत् ग्रिड र ऊर्जा केन्द्र सुधारका लागि आवश्यक मेसिनरी समावेश हुनेछन्।

ट्रम्पले भने, ‘अर्को शब्दमा भन्नुपर्दा भेनेजुएलाले अब अमेरिकालाई आफ्नो मुख्य व्यापारिक साझेदार बनाउने प्रतिबद्धता जनाएको छ। यो समझदारीपूर्ण निर्णय हो । भेनेजुएला र अमेरिका दुवै देशका जनताका लागि राम्रो कुरा हो।’

यसअघि अमेरिकाले गत शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई राजधानी काराकासबाट अपहरण गरी लगेको थियो।

त्यसपछि डेल्सी रोड्रिगेजलाई भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ। उनी यसअघि उपराष्ट्रपति थिइन्।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  २ : ११ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै