भेनेजुएलामाथि अधिपत्य जमाउँदै ट्रम्प, अब अमेरिकी सामान मात्रै किन्न बाध्य बनाउँदै « Khabarhub

भेनेजुएलामाथि अधिपत्य जमाउँदै ट्रम्प, अब अमेरिकी सामान मात्रै किन्न बाध्य बनाउँदै


२४ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले नयाँ तेल सम्झौताबाट प्राप्त हुने रकमले अमेरिकामा मात्रै बनेका सामान खरिद गर्ने बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा लेखेका छन्, ‘मलाई जानकारी दिइएको छ कि भेनेजुएलाले हाम्रो नयाँ तेल सम्झौताबाट प्राप्त रकमले अमेरिकामा बनेका सामान मात्रै खरिद गर्नेछ।’

उनले ती खरिदमा अमेरिकी कृषि उत्पादन, औषधि, मेडिकल उपकरण तथा भेनेजुएलाको विद्युत् ग्रिड र ऊर्जा केन्द्र सुधारका लागि आवश्यक मेसिनरी समावेश हुनेछन्।

ट्रम्पले भने, ‘अर्को शब्दमा भन्नुपर्दा भेनेजुएलाले अब अमेरिकालाई आफ्नो मुख्य व्यापारिक साझेदार बनाउने प्रतिबद्धता जनाएको छ। यो समझदारीपूर्ण निर्णय हो । भेनेजुएला र अमेरिका दुवै देशका जनताका लागि राम्रो कुरा हो।’

यसअघि अमेरिकाले गत शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई राजधानी काराकासबाट अपहरण गरी लगेको थियो।

त्यसपछि डेल्सी रोड्रिगेजलाई भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ। उनी यसअघि उपराष्ट्रपति थिइन्।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  २ : ११ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२