राष्ट्रसंघीयसहित ६६ वटा अन्तर्राष्ट्रिय संगठन छोड्ने अमेरिकी निर्णय « Khabarhub

राष्ट्रसंघीयसहित ६६ वटा अन्तर्राष्ट्रिय संगठन छोड्ने अमेरिकी निर्णय


२४ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० भन्दाबढी अन्तर्राष्ट्रिय संगठनबाट बाहिरिने निर्णय गरेका छन्।

यसमा संयुक्त राष्ट्रसंघसँग सम्बन्धित विभिन्न निकाय तथा भारत र फ्रान्सको नेतृत्वमा रहेको ‘इन्टरनेशनल सोलार एलायन्स’ पनि समावेश छन्।

बुधबार ट्रम्पले ‘अमेरिकाको हितविरुद्ध रहेका अन्तर्राष्ट्रिय संगठन, सन्धि र सम्झौताबाट बाहिरिने’सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।

ह्वाइट हाउसका अनुसार यी संस्थाहरू या त अनावश्यक छन् वा अमेरिकाको हितविरुद्ध काम गरिरहेका छन्।

जारी गरिएको तथ्यपत्रअनुसार सूचीमा ३१ संयुक्त राष्ट्रसंघसम्बद्ध संस्था र ३५ गैर–यूएन संस्था छन्, जसले अमेरिकाको राष्ट्रिय सुरक्षा, आर्थिक समृद्धि वा सार्वभौमिकताविरुद्ध काम गरिरहेको दाबी गरिएको छ।

ट्रम्पले सबै सरकारी विभाग र एजेन्सीलाई यस्ता संगठनबाट अमेरिका जतिसक्दो चाँडो बाहिरिने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  २ : १५ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२