यमन नेता तस्करीको आरोपले साउदी-युएई तनाव « Khabarhub

यमन नेता तस्करीको आरोपले साउदी-युएई तनाव


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

दुबई– साउदी अरेबियाले संयुक्त अरब इमिरेट्स (युएई) ले यमनमा राजद्रोहको आरोप खेपिरहेका एक पृथकतावादी नेतालाई गोप्य रूपमा देशबाट बाहिर निकालेर अबुधाबी पुर्‍याएको गम्भीर आरोप लगाएको छ । 

यस आरोपले यमन युद्धका क्रममा सहकार्य गर्दै आएका खाडीका दुई शक्तिशाली छिमेकी राष्ट्रबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

साउदी सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा दक्षिणी ट्रान्जिसनल काउन्सिल (एसटिसी) का नेता ऐदारस अल–जुबैदी डुङ्गामार्फत यमनबाट सोमालिया पुगेको र त्यहाँबाट युएईका अधिकारीहरूले उहाँलाई एमिरेट्सको राजधानी अबुधाबी लगेको दाबी गरिएको छ । 

युएईलाई एसटिसीको प्रमुख समर्थकका रूपमा हेरिँदै आएको छ, जसले हालै यमनका केही दक्षिणी प्रान्तमा आफ्नो प्रभाव विस्तार गर्दै अलगावको तयारी गरिरहेको देखिन्छ ।

साउदी सेनाका प्रवक्ता मेजर जनरल तुर्की अल–मल्कीले युएईका एक मेजर जनरल नै यस कथित भाग्ने कार्यमा संलग्न रहेको उल्लेख गरे। उनले प्रयोग गरिएको इल्युसिन इल–७६ विमान इथियोपिया, लिबिया र सोमालिया जस्ता द्वन्द्वग्रस्त क्षेत्रमा प्रयोग हुँदै आएको दाबी पनि गरे। 

साउदी पक्षले यसअघि युएईले ती क्षेत्रमा हतियार आपूर्ति गरेको आरोप लगाउँदै आएको छ ।

यद्यपि युएईले ती आरोपहरू अस्वीकार गर्दै आएको छ र यस घटनाबारे तत्काल औपचारिक प्रतिक्रिया दिएको छैन । युएईको विदेश मन्त्रालय र एसटीसी दुवैले एपीको प्रतिक्रिया अनुरोधमा तुरुन्त जवाफ दिएका छैनन् । एसटिसीले भने बुधबारसम्म अल–जुबैदी एडनमै रहेको दाबी गरेको थियो ।

दक्षिणी यमन सन् २०२२ देखि अल–जुबैदीसहितको समूह राष्ट्रपति नेतृत्व परिषद् अन्तर्गत सञ्चालन हुँदै आएको थियो । तर यसै साता परिषद्ले उनलाई पदबाट हटाउँदै साउदी अरेबियामा वार्ताका लागि जान अस्वीकार गरेपछि देशद्रोहको आरोप लगाएको छ । यस कदमलाई साउदी अरेबियाले एसटिसीविरुद्ध लिएको कडा अडानको संकेतका रूपमा हेरिएको छ ।

लाल सागर र एडनको खाडीको सङ्गमस्थलमा रहेको यमनमा वर्षौंदेखि जारी युद्धमा लडाकू र सर्वसाधारण गरी एक लाख ५० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । यसले विश्वकै गम्भीर मानवीय संकटमध्ये एक सिर्जना गरेको छ । 

यता, इरान समर्थित हुथी विद्रोहीहरूले गाजा युद्धको सन्दर्भमा अन्तर्राष्ट्रिय ढुवानीमाथि आक्रमण बढाएपछि विश्व व्यापारमा समेत असर परेको छ ।

यस विवादका बीच साउदी अरेबिया र युएईबीचको आर्थिक तथा क्षेत्रीय प्रतिस्पर्धा अझ चर्किने संकेत देखिएको छ । दुवै देश ओपेकका सदस्य र नजिकका साझेदार भए पनि यमन युद्ध पछिल्ला दशककै सबैभन्दा गम्भीर द्वन्द्वका रूपमा उभिएको विश्लेषकहरू बताउँछन् ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ४ : ३० बजे

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र