घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा : सभापति लामिछाने « Khabarhub

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा : सभापति लामिछाने


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् ।
 
आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले भने, ‘उनिसँग सरकारमै रहेको समयमा हामीले सहमति गरेका थियौँ । अब उनले राजीनामा दिएर आएका छन्, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ ।’
 
केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो । सो सहमतिअनुसार कुलमान घिसिङलाई उपसभापतिसहित दोस्रो वरियतामा राख्ने निर्णय भएको थियो ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ४ : ०७ बजे

महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने

जलेश्वर– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीमा तीन हजार ९१२ निर्वाचन

आजदेखि गैँडाकोट महोत्सव

नवलपुर– चौथो संस्करणको गैँडाकोट महोत्सव एवं व्यापार मेलाको तयारी पूरा

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन्

प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को टिजर सार्वजनिक

काठमाडौं – नेपाली नायक प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को

एकताबद्ध भएर निर्वाचनमा जान कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको अपिल

काठमाडौं– नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले नेतृत्व तहलाई विशेष महाधिवेशनमार्फत एकताबद्ध