निःशुल्क शिविर : २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया « Khabarhub

निःशुल्क शिविर : २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बरहथवा– सर्लाहीको बागमतीमा सम्पन्न निःशुल्क शिविरमा २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको छ । 

गत सोमबारदेखि बागमती नगरपालिका–१२, स्थित तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमतीमा शिविर सुरु भएको थियो । शिविरमा सहभागी मोतिया बिन्दु भएका २३२ जनाको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको हो । 

शिविरको पहिलो दिन ७९ जना, दोस्रो दिन ८३ जना र तेस्रो दिन ७० जनाको आँखाको शल्यक्रिया गरिएको केन्द्रका इन्चार्ज आशिष भट्टले जानकारी दिए । 

बागमती नगरपालिका, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमती र  तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा तीनदिने शल्यक्रिया शिविर सञ्चालन भएको हो । 

गत पुस १५ गतेदेखि बागमती नगरपालिका, बरहथवा नगरपालिका, बलरा नगरपालिका र बसवरिया गाउँपालिकामा स्क्रिनिङ शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा एक हजार ६८१ जनाको आँखा जाँच गर्दा ३५० को आँखामा मोतिया बिन्दुको समस्या देखिएको थियो । 

प्रतिकूल मौसमका कारण धेरै वृद्ध बिरामीलाई शिविरसम्म ल्याउन नसक्दा सबै बिमारीको आँखाको शल्यक्रिया हुन नसकेको बागमती नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले बताए । 

शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानबाट डा रचना सिंह रानाको टोली खटिएकी थिइन् भने बागमती नगरपालिकाले बिरामीको खाने बस्ने व्यवस्था गरेको नगरका शिविर प्रतिनिधि सन्तबहादुर विश्वकर्माले बताए । 

गत वर्षदेखि तिलगङ्गा आँखा प्रतिष्ठानको शाखाका रूपमा बागमती नगरपालिका–१२, स्वास्थ्य केन्द्रको भवनमा सर्जिकल केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका आँखाको बिमारीले टाढा धाउनुपर्ने बाध्यता हटेको छ । 

बेलाबेलामा गाउँघरमै निःशुल्क शिविर आयोजना हुँदा सुविधा भएको बागमती नगरपालिका–७ का ७७ वर्षीय वीरबहादुर खड्काले बताए । सतहत्तर वर्षको उमेरमा आँखाको ज्योति फर्किएको भन्दै उहाँले खुसी व्यक्त गरे । रासस

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ४ : १९ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक