काठमाडौं – नायक प्रवीण खतिवडा शीर्ष भूमिकामा रहेको फिल्म ‘शिवांश’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार युट्युबमार्फत् टिजर सार्वजनिक गरेको हो ।
टिजरमा नायक खतिवडालाई एकल फिचर्ड गरिएको छ । उनले निर्वाह गरेको पात्र भगवान् शिवबाट प्रभावित देखिन्छ ।
टिजरमा फिल्म कथावस्तु सस्पेन्समै राखिएको छ । तथापि यो फिल्म हिन्दू धर्मसँग सम्बन्धित रहेको प्रष्ट छ ।
फागुन ३ गते महाशिवरात्रिबाट प्रदर्शनमा आउने यस फिल्ममा तेज गिरी र रुषा न्यौपाने पनि शीर्ष भूमिकामा छन् ।
फिल्मको कथा अञ्जान केसीले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको हो । निर्देशक सन्तोषकुमार आत्रेय हुन् । उनले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् ।
अञ्जान सिनेमा प्रोडक्नसको ब्यानरमा बनेको यस फिल्मको निर्माता शोभा भण्डारी हुन् ।













प्रतिक्रिया