चितवन पुगेर रविले भने : रास्वपा कसैसँग गठबन्धन गर्दैन, एक्लै सबै सिट जितेर देखाउँछौँ « Khabarhub

चितवन पुगेर रविले भने : रास्वपा कसैसँग गठबन्धन गर्दैन, एक्लै सबै सिट जितेर देखाउँछौँ


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते हुन लागेको संसदीय निर्वाचनका सबै सिटमा जित्ने दाबी गरेका छन् ।

गृहजिल्ला चितवनमा बिहीबार आयोजित रास्वपाको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले आगामी चुनावमा कुनै दलसँग गठबन्धन नगर्ने घोषणा गरे ।

लामिछानेले उक्त निर्वाचनमा रास्वपाले देशका सबै क्षेत्रमा एकसेएक सक्षम उम्मेदवार उठाउने बताए । उनले सबै क्षेत्रमा जित हासिल गर्ने दाबी पनि सम्बोधनका क्रममा गरे ।

‘सभापति र अध्यक्ष एक एकवटा गर्दै कार्यकाल बाँड्दै, दुइटा कुर्सी छेउमा राख्ने युगलाई अन्त्य गर्छौँ’, उनले भने, ‘एउटा पार्टीले अर्को पार्टीका लागि भोट माग्ने युगको अन्त्य गर्ने हो । चुनावअगाडि गठबन्धनको नाममा ठगबन्धनले राज्यसत्ता हत्याउने अभियानलाई बन्द गर्ने हो ।’

उनले राष्ट्रको आवश्यकता अनुसार यस पटक उम्मेदवार छान्नमा गल्ती नगरे रास्वपाले एक सिट नहार्ने बताए । सहकारी ठगी प्रकरणमा बिगो बुझाएर नख्खु जेलबाट रिहा भएयता लामिछानेको दोस्रो पटक चितवनमा पुगेर सम्बोधन गरेका हुन् । उनले आफूलाई चुनावकेन्द्रित गराउँदै लगेका छन् ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ६ : १० बजे

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।