काठमाडौं– कोशी प्रदेश सरकारले मन्त्रिपरिषदको कार्यसम्पादनलाई सहयोग गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेको छ ।
कोशी प्रदेशको मन्त्रिमण्डल पुनर्गठन भएपछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७९ को दफा २६ बमोजिम मन्त्रिपरिषद्को कार्यसम्पादनमा राय सुझाव, सल्लाह र मन्त्रिपरिषद्लाई सहयोग गर्न विभिन्न समिति गठन गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।
जस अनुसार पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली संयोजक रहेका राजनीतिक तथा प्रशासन समिति, आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली संयोजक रहेको कानुन न्याय तथा प्रदेश मामिला समिति र पूर्वाधार विकासमन्त्री प्रदिप सुनुवारको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति बनाइएको छ ।
बैठकले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ लाई संशोधन गर्न बनेको आदेश स्वीकृत गरेको पराजुलीले बताए ।
त्यस्तै बैठकले कोशी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई तोकेको छ ।













प्रतिक्रिया