काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने बताएका छन् ।
बिहीबार चितवनमा आयोजित सदस्य भेटघाट कार्यक्रममा लामिछानेले राजनीतिक प्रतिशोध लिएर अदालतको ढोकामा लगेर मुद्दा दर्ता गरेर संसदबाट सूचना टाँस गरेर फाल्दिने राजनीति रास्वपाले नगर्ने बताएका हुन् ।
उनले अहिले चुनावको विकल्प चुनाव नै रहेको भन्दै बन्द कोठामा बसेर निर्वाचन बिथोल्ने प्रयास नगर्न समेत चेतावनी दिए ।
बेथितिको अध्यायलाई अन्त्य गर्ने सबैभन्दा उत्तम माध्यम आगामी निर्वाचन नै भएको उनले बताए । लामिछानेले सामर्थ्य पुराएर देश लुट्नेहरूलाई विधि र प्रक्रियाको दायरामा ल्याउन रास्वपाले खुट्टा नकमाउने उल्लेख गरे ।
उनले रास्वपाका नेता कार्यकर्ताहरू जिम्मेवार भएर प्रस्तुत हुन जरुरी रहेको समेत धारणा राखे । लामिछानेले व्यक्तिगत स्वार्थभन्दा माथि देश र जनताको स्वार्थलाई राखेर उम्मेदवार छनोट गर्ने जानकारी दिए ।













प्रतिक्रिया