नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा « Khabarhub

नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’को नवाकोटस्थित साततले दरबार, भैरवीदेवी मन्दिरमा स्वागत गरिएको छ ।

सोमबार गोरखाबाट सुरु भएको एकीकरण मार्ग–पदयात्रा काठमाडौँसम्म पैदल जाने क्रममा आज विदुर–२ स्थित पृथ्वीनारायण शाहले निर्माण गर्नुभएको ऐतिहासिक साततले दरबारमा आइपुगेको हो ।

बुधबार अपराह्न नै नुवाकोट प्रवेश गरेको पदयात्रा जिल्लाको भर्‍याङभुरुङ, सामरी, राइसिंह हुँदै शुभघाटमा बाँस बसेर आज नुवाकोट दरबार आइपुगेको हो । साततले दरबारस्थित भैरवीदेवी मन्दिर परिसरमा विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठसहित नगरपालिकाको जनप्रतिनिधिहरु, कर्मचारी, स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो ।

उक्त अवसरमा नेपाली सेनाको ६ नं बाहिनी धादिङका बाहिनीपति सुवासचन्द्र थापा, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित जिल्लास्थित सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान कार्यालय, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि एकीकरण मार्ग–पदयात्राको टोलीलाई स्वागत गरेका थिए ।

नेपाल एकीकरण पदमार्ग–पदयात्रामार्फत इतिहासको जगेर्ना, पुर्खाले पुर्‍याएको योगदानको संरक्षण र हराउँदै जीर्ण हुँदै गएका पुरातात्विक, धार्मिक तथा ऐतिहासिक संरचनाको जगेर्नामार्फत पयर्टन प्रवद्र्धनमा योगदान पुर्‍याउने लक्ष्य लिइएको श्री शेरगणका गणपति प्रमुख सेनानी अशोककुमार मल्लले जानकारी दिए । उनका अनुसार पुर्खाले पुर्‍याएको योगदानको सम्मान गर्दै अहिलेका युवा पिँढीमा राष्ट्रभाव उत्पन्न गराउन ‘एकीकरण मार्ग पदयात्रालाई महत्वका रुपमा लिइएको छ ।

नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएको मार्गलाई एकीकरण पदमार्गका रुपमा विकास गर्नका लागि विसं २०७६ देखि सुरु भएको हो । एकीकरण मार्ग–पदयात्रालाई धादिङको भैरव गणले नुवाकोटको श्री शेर गणलाई पदयात्रामा रहेको एकीकरण दीपज्योतिसहित तत्कालीन पृथ्वीनारायण शाहले स्थापना गरेको पाँच कम्पनीको झण्डा र राष्ट्रिय झण्डा हस्तान्तरण गरेको हो ।

गोरखा दरबारबाट निकालिएको दीपज्योतिमा पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजासहित पैदलमार्ग हुँदै काठमाडौँ पुर्‍याइने छ । नुवाकोटबाट काठमाडौंतर्फ प्रस्थानका क्रममा पदयात्रालाई श्री शेर गण नुवाकोटले २६ गते भैरवीदल गण काठमाडौँमा ‘एकीकरण टर्च’सहित प्रथम पाँच सैनिक कम्पनीको झण्डा र राष्ट्रिय झण्डा हस्तान्तरण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ८ : ३७ बजे

दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला

कटारी– उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका

गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित

काठमाडौं– गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित

सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत

‘राजा साव’ सेन्सर परिवर्तनसहित रिलिज, विजयको फिल्मसँग प्रतिस्पर्धा चुनौतीपूर्ण

काठमाडौँ – साउथ सुपरस्टार प्रभासको बहुप्रतीक्षित हरर कमेडी फिल्म ‘राजा

भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना