एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने « Khabarhub

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ २३ र २४ को जस्तो ध्वंसात्मक’ घटनालाई रोक्न नेकपा एमालेले देशभर प्रतिरोधी संरचना बनाउने भएको छ। पार्टीले पालिका तहसम्म ‘राष्ट्रिय स्वयंसेवक फोर्स’ र जनसहभागितामा ‘टोल सुरक्षा समिति’गठन गर्ने निर्णय गरेको छ।

सामाजिक सद्भाव खल्बल्याउने र अराजकता फैलाउने शक्तिहरूलाई निरुत्साहित गर्न यी समितिहरू सक्रिय रहने एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार जारी गरेको अन्तर पार्टी निर्देशनमा उल्लेख छ।

​यो निर्देशनमा एमाले अध्यक्ष ओलीले पार्टीलाई ‘निर्णायक राष्ट्रिय शक्ति’ बनाउने संकल्पका साथ ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न कार्यकर्तालाई गाउँ-गाउँ पुग्न आह्वान गरेका छन्। उता एमालेले आगामी निर्वाचनको तयारीका लागि दुई महत्त्वपूर्ण समिति गठन गरेको छ। पार्टी अध्यक्ष ओलीको संयोजकत्वमा ‘घोषणापत्र मस्यौदा समिति’ गठन गरिएको छ।

यस समितिमा रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन्। त्यस्तै, चुनावी अभियानलाई व्यवस्थित गर्न उपाध्यक्ष बादलको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ। यस समितिको सचिवमा विष्णु रिमाल रहेका छन्।

निर्वाचन सम्पन्न भएको एक महिनाभित्र सबै तहका कमिटीले समीक्षा प्रतिवेदन केन्द्रमा पठाउनुपर्ने निर्देशन समेत दिइएको छ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १० : ०८ बजे

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ

विभिन्न जिल्लामा वर्षा

काठमाडौं – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण