पाकिस्तानको बलोचस्तानमा थप ६ जनालाई बेपत्ता पारियो « Khabarhub

पाकिस्तानको बलोचस्तानमा थप ६ जनालाई बेपत्ता पारियो


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको बलोचिस्तानमा नागरिकलाई जबरजस्ती बेपत्ता पार्ने क्रम अझै रोकिएको छैन । हालैका दिनमा बलोचिस्तानमा थप ६ जनालाई बेपत्ता पारिएको छ ।

बलोचिस्तानको राजधानी क्वेट्टा र केच जिल्लाबाट उनीहरुलाई बेपत्ता पारिएको बलोचिस्तान पोस्टले जनाएको छ । हाल भ्वाइस फर मिसिङ बलोच पर्सन्स नामक अभियानले सञ्चालन गरिरहेको प्रदर्शन ६ हजार दिनभन्दा लामो समयदेखि जारी छ ।

पोस्टका अनुसार क्वेट्टाको किल्ली सोराब खान कम्ब्रानी क्षेत्रबाट प्रतिआतङ्कवाद विभाग र फ्रन्टियर कोरका सैनिकले चार जनालाई नियन्त्रणमा लिएका छन् । उनीहरुलाई अज्ञात स्थानमा लगिएको र उनीहरुको अवस्थाबारे कसैलाई जानकारी नदिइएको स्थानीयले जनाएका छन् ।

यसरी जबरजस्ती बेपत्ता पारिनेमा दाउद बलोच, उमर बलोच, नसीबुल्लाह र शहदाद खान नाम गरेका नाबालक छन् । उनीहरुका परिवारले सदस्यको अवस्थाबारे जानकारी नदिइएको जनाएका छन् ।

त्यस्तै, केच जिल्लाको गोबुर्द क्षेत्रमा पाकिस्तानी सुरक्षा बलले घर–घरमा छापा मारी सरवार र हाजिर नाम गरेका दुई दाजुभाइलाई नियन्त्रणमा लिएर अज्ञात स्थानतर्फ लगेको पोस्टले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ३ : २१ बजे

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी– गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज