पाकिस्तानको बलोचस्तानमा थप ६ जनालाई बेपत्ता पारियो « Khabarhub

पाकिस्तानको बलोचस्तानमा थप ६ जनालाई बेपत्ता पारियो


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको बलोचिस्तानमा नागरिकलाई जबरजस्ती बेपत्ता पार्ने क्रम अझै रोकिएको छैन । हालैका दिनमा बलोचिस्तानमा थप ६ जनालाई बेपत्ता पारिएको छ ।

बलोचिस्तानको राजधानी क्वेट्टा र केच जिल्लाबाट उनीहरुलाई बेपत्ता पारिएको बलोचिस्तान पोस्टले जनाएको छ । हाल भ्वाइस फर मिसिङ बलोच पर्सन्स नामक अभियानले सञ्चालन गरिरहेको प्रदर्शन ६ हजार दिनभन्दा लामो समयदेखि जारी छ ।

पोस्टका अनुसार क्वेट्टाको किल्ली सोराब खान कम्ब्रानी क्षेत्रबाट प्रतिआतङ्कवाद विभाग र फ्रन्टियर कोरका सैनिकले चार जनालाई नियन्त्रणमा लिएका छन् । उनीहरुलाई अज्ञात स्थानमा लगिएको र उनीहरुको अवस्थाबारे कसैलाई जानकारी नदिइएको स्थानीयले जनाएका छन् ।

यसरी जबरजस्ती बेपत्ता पारिनेमा दाउद बलोच, उमर बलोच, नसीबुल्लाह र शहदाद खान नाम गरेका नाबालक छन् । उनीहरुका परिवारले सदस्यको अवस्थाबारे जानकारी नदिइएको जनाएका छन् ।

त्यस्तै, केच जिल्लाको गोबुर्द क्षेत्रमा पाकिस्तानी सुरक्षा बलले घर–घरमा छापा मारी सरवार र हाजिर नाम गरेका दुई दाजुभाइलाई नियन्त्रणमा लिएर अज्ञात स्थानतर्फ लगेको पोस्टले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ३ : २१ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने