पाकिस्तानमा लडाकु आक्रमणका घटना बढ्दै « Khabarhub

पाकिस्तानमा लडाकु आक्रमणका घटना बढ्दै


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा लडाकु आक्रमणका घटनामा अझै कमी आएको छैन । पछिल्ला केही वर्षयता पाकिस्तानमा तहरिक ए तालिबान पाकिस्तान नामक लडाकु समूहको आक्रमणका घटना देशका विभिन्न क्षेत्रमा विस्तार भएको पाइएको छ ।

खासगरी सन् २०२१ मा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेयता यस्ता घटना तीव्र गतिमा वृद्धि भइरहेको खामा प्रेसले जनाएको छ । तहरिक ए तालिबान पाकिस्तानले मुलुकभर नागरिक तथा सैन्य पूर्वाधार एवम् व्यक्तिलाई लक्षित गरी गराएका आक्रमणमा ७० प्रतिशतको वृद्धि देखिएको छ ।

खामा प्रेसका अनुसार सुरक्षा विश्लेषकहरुले उक्त समूह पाकिस्तानका लागि सबैभन्दा गम्भीर आन्तरिक सुरक्षा जोखिमका रुपमा देखा परेको जनाएका छन् । खासगरी अफगानिस्तानसँग सीमा जोडिएका आदिवासी क्षेत्रमा यस समूहको सक्रियता बढेको छ ।

पाकिस्तानले उक्त समूहले अफगान भूमिको प्रयोग गरी आक्रमण गर्दै आएको आरोप लगाउने गरेको छ । कमजोर सीमा सुरक्षाका कारण उक्त समूहले संगठित हुन, आक्रमणका योजना बनाउन र पैसा संकलन गर्न अफगान भूमिको प्रयोग गर्दै आएको बताइएको छ ।

वैचारिक र सैद्धान्तिक हिसाबमा अफगान तालिबानसँग निकट रहेको मानिने पाकिस्तानी तालिबानले सन् २०२२ को अन्त्ययता दर्जनौँ आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ४ : ०३ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने