पाकिस्तानमा लडाकु आक्रमणका घटना बढ्दै « Khabarhub

पाकिस्तानमा लडाकु आक्रमणका घटना बढ्दै


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा लडाकु आक्रमणका घटनामा अझै कमी आएको छैन । पछिल्ला केही वर्षयता पाकिस्तानमा तहरिक ए तालिबान पाकिस्तान नामक लडाकु समूहको आक्रमणका घटना देशका विभिन्न क्षेत्रमा विस्तार भएको पाइएको छ ।

खासगरी सन् २०२१ मा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेयता यस्ता घटना तीव्र गतिमा वृद्धि भइरहेको खामा प्रेसले जनाएको छ । तहरिक ए तालिबान पाकिस्तानले मुलुकभर नागरिक तथा सैन्य पूर्वाधार एवम् व्यक्तिलाई लक्षित गरी गराएका आक्रमणमा ७० प्रतिशतको वृद्धि देखिएको छ ।

खामा प्रेसका अनुसार सुरक्षा विश्लेषकहरुले उक्त समूह पाकिस्तानका लागि सबैभन्दा गम्भीर आन्तरिक सुरक्षा जोखिमका रुपमा देखा परेको जनाएका छन् । खासगरी अफगानिस्तानसँग सीमा जोडिएका आदिवासी क्षेत्रमा यस समूहको सक्रियता बढेको छ ।

पाकिस्तानले उक्त समूहले अफगान भूमिको प्रयोग गरी आक्रमण गर्दै आएको आरोप लगाउने गरेको छ । कमजोर सीमा सुरक्षाका कारण उक्त समूहले संगठित हुन, आक्रमणका योजना बनाउन र पैसा संकलन गर्न अफगान भूमिको प्रयोग गर्दै आएको बताइएको छ ।

वैचारिक र सैद्धान्तिक हिसाबमा अफगान तालिबानसँग निकट रहेको मानिने पाकिस्तानी तालिबानले सन् २०२२ को अन्त्ययता दर्जनौँ आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ४ : ०३ बजे

दुबई विमानस्थल क्षेत्रमा आक्रमण, आगलागीपछि बन्द गरियो सबै उडान

दुबई- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आक्रमण भएको

लमजुङमा एक वृद्ध मृतावस्थामा फेला

लमजुङ– लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय