चीनलाई पछि पार्दै भारत बन्यो सबैभन्दा धेरै धान उत्पादन गर्ने देश « Khabarhub

चीनलाई पछि पार्दै भारत बन्यो सबैभन्दा धेरै धान उत्पादन गर्ने देश


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत विश्वकै सबैभन्दा ठूलो धान उत्पादक मुलुक बन्न सफल भएको छ । चीनलाई पछि पार्दै भारत सबैभन्दा ठूलो धान उत्पादक मुलुक बन्न सफल भएको भारतीय कृषिमन्त्री शिवराज सिंह चौहाणले जनाएका छन् ।

भारतले कुल १५ करोड टन धान उत्पादन गरेको उनको भनाइ छ । २५ किसिमका अन्नका विभिन्न १ सय ८४ नयाँ प्रजाति सार्वजनिक गर्दै मन्त्री चौहाणले नयाँ प्रजातिको अन्नले राम्रो उत्पादन दिने र किसानको आयमा वृद्धि गर्ने अपेक्षा गरिएको बताए ।

उनले यी नयाँ प्रजातिका अन्न सक्दो छिटो किसानको पहुँचमा पु¥याउन पनि मन्त्रालयका अधिकारीलाई निर्देशन दिए । भारतीय कृषि अनुसन्धान परिषद्ले ती अन्नको विकास गरेको द हिन्दू बिजनेसलाइनले जनाएको छ ।

चौहाणका अनुसार सन् २०१४ मा सत्तामा आएयता नरेन्द्र मोदी नेतृत्वको सरकारले हालसम्म ३ हजार २ सय २६ किसिमका उन्नत जातका अन्नको उत्पादनलाई स्वीकृति प्रदान गरेको छ । सन् १९६९ देखि सन् २०१४ सम्म यस्तो स्वीकृति पाउने अन्नका प्रजातिको सङ्ख्या ३ हजार ९ सय ६९ रहेको थियो ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ४ : १३ बजे

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी– गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको