चीनलाई पछि पार्दै भारत बन्यो सबैभन्दा धेरै धान उत्पादन गर्ने देश « Khabarhub

चीनलाई पछि पार्दै भारत बन्यो सबैभन्दा धेरै धान उत्पादन गर्ने देश


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत विश्वकै सबैभन्दा ठूलो धान उत्पादक मुलुक बन्न सफल भएको छ । चीनलाई पछि पार्दै भारत सबैभन्दा ठूलो धान उत्पादक मुलुक बन्न सफल भएको भारतीय कृषिमन्त्री शिवराज सिंह चौहाणले जनाएका छन् ।

भारतले कुल १५ करोड टन धान उत्पादन गरेको उनको भनाइ छ । २५ किसिमका अन्नका विभिन्न १ सय ८४ नयाँ प्रजाति सार्वजनिक गर्दै मन्त्री चौहाणले नयाँ प्रजातिको अन्नले राम्रो उत्पादन दिने र किसानको आयमा वृद्धि गर्ने अपेक्षा गरिएको बताए ।

उनले यी नयाँ प्रजातिका अन्न सक्दो छिटो किसानको पहुँचमा पु¥याउन पनि मन्त्रालयका अधिकारीलाई निर्देशन दिए । भारतीय कृषि अनुसन्धान परिषद्ले ती अन्नको विकास गरेको द हिन्दू बिजनेसलाइनले जनाएको छ ।

चौहाणका अनुसार सन् २०१४ मा सत्तामा आएयता नरेन्द्र मोदी नेतृत्वको सरकारले हालसम्म ३ हजार २ सय २६ किसिमका उन्नत जातका अन्नको उत्पादनलाई स्वीकृति प्रदान गरेको छ । सन् १९६९ देखि सन् २०१४ सम्म यस्तो स्वीकृति पाउने अन्नका प्रजातिको सङ्ख्या ३ हजार ९ सय ६९ रहेको थियो ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ४ : १३ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने