स्पेनिश ला लिगा : रोबर्ट, लामिन र मार्कको गोलमा बार्सिलोना विजयी « Khabarhub

स्पेनिश ला लिगा : रोबर्ट, लामिन र मार्कको गोलमा बार्सिलोना विजयी


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ। शीर्ष स्थानको बार्सिलोनाले रेलिगेसनको दबाबमा रहेको मायोर्कामाथि ३-० को जित निकालेको हो।

यो जितमा बार्सिलोनाका लागि रोबर्ड लेवान्डोस्की, लामिन यमाल र मार्क बर्नालले गोल गरेका हुन्।

बार्सिलोनाका लागि पहिलो हाफमा सुरुवाती अग्रता लेवान्डोस्कीले दिलाएका थिए। दोस्रो हाफमा लामिन र मार्कले थप दुई गोल गरेका हुन्।

लामिनले खेलको ६० औं मिनेटमा गोल गर्दा खेलको अन्त्यमा मार्कले अर्को गोल थप गर्दै बार्सिलोनाको जित निश्चित गरेका हुन्।

युवा खेलाडी मार्कले क्लबमा लागि यो पहिलो गोल गरेका हुन्। यो जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले अंक बढाएको छ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ७ : २३ बजे

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा