दोस्रो पथरी शनिश्चरे गोल्डकप : उर्लाबारी भेट्रान्सलाई उपाधि « Khabarhub

दोस्रो पथरी शनिश्चरे गोल्डकप : उर्लाबारी भेट्रान्सलाई उपाधि


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मोरङ– दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि उर्लाबारी भेट्रान्सले हात पारेको छ । सतिसाले भेट्रान्सलाई २–० गोलअन्तरले हराउँदै उर्लाबारी भेट्रान्सले उपाधि चुमेको हो ।

विजयी उर्लाबारी भेट्रान्सले उपाधिका साथै नगद एक लाख ११ हजार १११ प्राप्त गर्‍याे भने उपविजेता सतिसाले भेट्रान्सले उपाधिसहित ५५ हजार ५५५ प्राप्त गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा उर्लाबारीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४२औँ मिनेटमा उर्लाबारीका लागि विकास राईले पहिलो गोल गरे । मित्त बस्नेत खेलको ७२ औँ मिनेट गोल गर्दै अग्रता दोब्बर पारे । खेलको म्यान अफ दी म्याच उर्लाबारी भेट्रान्सका पहिलो गोलकर्ता विकास राई, गोल्डेन ग्लोप्स गोलरक्षक विनोद गौतम घोषित हुँदै नगद पाँच–पाँच हजार रुपैयाँ प्राप्त गरे ।

सतिसाले भेट्रान्सका निरु लिम्बूले गोल्डेन बलसहित नगद पाँच हजार र जीवन लिम्बूले गोल्डेन बुटसहित नगद सात हजार ५०० प्राप्त गरे ।

पथरी शनिश्चरे भेट्रान्सले आयोजना गरेको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका आठ टिमको सहभागिता थियो । यही माघ १७ देखि २४ गतेसम्म सञ्चालन भएको प्रतियोगिता प्रस्तावित पथरी रङ्गशालामा सञ्चालन भएको थियो ।

पथरी शनिश्चरे नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको पहिलो पुरस्कार मेचिकाली रेस्टुरेन्ट मलेसिया र दोस्रो पुरस्कार सञ्जीव लिङ्देनले प्रदान गरेका थिए ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ९ : ४१ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव