प्रतिनिधिसभा निर्वाचन : काभ्रे-२ मा २४ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : काभ्रे-२ मा २४ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट एक पुराना उम्मेदवारसहित २४ जनाबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचनमा १६ दल र आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा पुराना र नयाँ दलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । यस पटकको निर्वाचनमा यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन-२०७९ मा प्रत्यक्षतर्फ एमालेका गोकुल बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याएर विजयी भएका थिए । सोही निर्वाचनको समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो, रास्वपा तेस्रो र नेकपा (तात्कलीन माओवादी केन्द्र)चौथो पार्टीका रूपमा रहेका थिए ।

यसपटक एमालेका ५४ वर्षीय केन्द्रीय सदस्य अशोककुमार ब्याञ्जू, कांग्रेसका तर्फबाट ६१ वर्षीय केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, रास्वपाबाट ३३ वर्षीय बदनकुमार भण्डारी र नेकपाबाट ५५ वर्षीय बसुन्धरा हुमागाईंले उम्मेदवारी दर्ता गराएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

धुलिखेल नगरपालिकाका नगरप्रमुखसमेत रहेका ब्याञ्जूले समाजले परिकल्पना गरेको र आजको आवश्यकता अनुसारको राजनीतिक प्रणालीलाई सुधार गर्दै समृद्ध मुलुक निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिएको बताए ।

कांग्रेसका उम्मेदवार आचार्यले युवाहरूको भावनाअनुसार मुलुकमा सुशासनसहित भ्रष्टचारमुक्त समाज निर्माण गर्ने तथा दलीयकरणको अन्त्य गरी जनतालाई प्रत्यक्ष सेवा पुर्‍याउन आफूले उम्मेदवारी दिएको बताए । 

यस क्षेत्रमा भने कांग्रेस पनौतीका नेता राजेशकुमार श्रेष्ठले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

त्यस्तै रास्वपाले भण्डारीलाई उम्मेदवार बनाएर युवा पुस्ताको नेतृत्व लिने उद्देश्य बनाएको छ । भण्डारीको पनि मुलुकमा सुशासन कायम गर्न, भ्रष्टचारको नीतिगत अन्त्य गर्दै जेन-जीको माग सम्बोधन गर्न उम्मेदवारी दिएको उल्लेख गरे  ।

नेकपाका तर्फबाट उम्मेदवार बनेका हुमागाईं यसअघि बागमती प्रदेशको कृषि मन्त्रीका रूपमा काम गरिसकेका छन् । 

उनले भने, ‘देशमा सुशासन, समृद्ध राष्ट्रः सुखी नेपाली, नागरिकले खोजेको परिवर्तन तथा नयाँ पुस्ताको माग सम्बोधन गर्न, किसान, मजदुर र सर्वहारा वर्गको पक्षमा काम गर्न मैले उम्मेदवारी दिएको हुँ ।’

निर्वाचन कार्यालयका अनुसार २४ मध्ये दुई दल र एक स्वतन्त्र गरी तीन जना महिला उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । 

यसपटक पनि दलित उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा छैनन् भने जनजातिका तर्फबाट २५ जनाको उम्मेदवारी परेको छ ।

काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता छन् । कार्यालयका अनुसार क्षेत्र नं १ मा एक लाख ६१ हजार १०० र क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता कायम छन् । रासस
 

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  १२ : ४१ बजे

सरकारी संरचना विध्वंशबारे ओलीले भने : चिन्ता नगर्नुस्, समय आएपछि सबै ठिक हुन्छ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले मतदाता भेटघाटमा

बङ्गलादेश चुनाव र शक्ति सन्तुलन

ढाका- अर्को हप्ता हुने बङ्गलादेशको निर्वाचनले भारतसँगको सम्बन्धलाई परीक्षण गर्ने

सभामुखदेखि उपसभामुखसम्मको विरासत बोकेको झापा-२ राष्ट्रिय चासोको केन्द्र

सुरुङ्गा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा क्षेत्र

भारत–मलेसिया सेमिकन्डक्टर सहकार्य विस्तार

पुत्रजया- भारत र मलेसियाले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीको मलेसिया भ्रमणका

बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो

दशरथचन्द– बैतडीमा तीन सय ८७ वट भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई