सरकारी संरचना विध्वंशबारे ओलीले भने : चिन्ता नगर्नुस्, समय आएपछि सबै ठिक हुन्छ « Khabarhub

सरकारी संरचना विध्वंशबारे ओलीले भने : चिन्ता नगर्नुस्, समय आएपछि सबै ठिक हुन्छ


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले मतदाता भेटघाटमा व्यस्त छन् । उनी अहिले झापा क्षेत्र नम्बर ५ को कमल गाउँपालिका‍-५ का बासिन्दा भेट्न पुगेका छन् ।

ओलीलाई फूल, मालासहितले स्वागत गरिएको छ। उनलाई स्थानीय दुर्गा अधिकारीसहितले स्वागत गरे।

आफ्‌नै सामुन्नेमा ओली आइपुग्दा भावुक देखिएकी उनले अध्यक्ष ओली गुनासो सुनाइन् । ‘त्यो भ्युटावर, सिंहदरबार, सरकारी कार्यालय जल्दा त मेरो हृदयबाटै धुँवा उठ्यो’, उनले भनिन्, ‘ती भवन र कार्यालयको के दोष थियो र जलाइयो ? ती विध्वङ्स गर्नेलाई अब त्यसै छाड्नू ?’

उनको कुरा सुनेर केहीबेर ओली मौन रहे । ‘सबै कुरा समय आएपछि ठिक हुन्छ, चिन्ता नगर्नु होला’, उनले भने ।

स्वामीचोक पुग्दा अधिकारीसँगै अन्य स्थानीयले पनि देशका सम्पदा जलाउनेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए ।

रतुवा नदीको तटबन्धन, गाउँगाउँमा कालोपत्रे बाटो, बिजुली र खानेपानी घरघरसम्म ल्याउने मान्छेलाई कसैले भुल्न नसक्ने स्थानीय राम धिमालले बताए । यो ठाउँको विकास गरेको र अब पनि अरू विकास गर्ने नेतालाई नै यहाँका बासिन्दाले छान्ने उनको भनाइ थियो ।

आइतबार अध्यक्ष ओली कमल गाउँपालिकाका विभिन्न टोलहरूमा पुगेर मतदातासँग भेट गरिरहेका छन् । शनिबारसमेत उहाँले यही गाउँपालिकाका विभिन्न टोलमा पुगेर स्थानीयसँग उनले भेटघाट गरे ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  २ : ०९ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण