सरकारी संरचना विध्वंशबारे ओलीले भने : चिन्ता नगर्नुस्, समय आएपछि सबै ठिक हुन्छ « Khabarhub

सरकारी संरचना विध्वंशबारे ओलीले भने : चिन्ता नगर्नुस्, समय आएपछि सबै ठिक हुन्छ


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले मतदाता भेटघाटमा व्यस्त छन् । उनी अहिले झापा क्षेत्र नम्बर ५ को कमल गाउँपालिका‍-५ का बासिन्दा भेट्न पुगेका छन् ।

ओलीलाई फूल, मालासहितले स्वागत गरिएको छ। उनलाई स्थानीय दुर्गा अधिकारीसहितले स्वागत गरे।

आफ्‌नै सामुन्नेमा ओली आइपुग्दा भावुक देखिएकी उनले अध्यक्ष ओली गुनासो सुनाइन् । ‘त्यो भ्युटावर, सिंहदरबार, सरकारी कार्यालय जल्दा त मेरो हृदयबाटै धुँवा उठ्यो’, उनले भनिन्, ‘ती भवन र कार्यालयको के दोष थियो र जलाइयो ? ती विध्वङ्स गर्नेलाई अब त्यसै छाड्नू ?’

उनको कुरा सुनेर केहीबेर ओली मौन रहे । ‘सबै कुरा समय आएपछि ठिक हुन्छ, चिन्ता नगर्नु होला’, उनले भने ।

स्वामीचोक पुग्दा अधिकारीसँगै अन्य स्थानीयले पनि देशका सम्पदा जलाउनेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए ।

रतुवा नदीको तटबन्धन, गाउँगाउँमा कालोपत्रे बाटो, बिजुली र खानेपानी घरघरसम्म ल्याउने मान्छेलाई कसैले भुल्न नसक्ने स्थानीय राम धिमालले बताए । यो ठाउँको विकास गरेको र अब पनि अरू विकास गर्ने नेतालाई नै यहाँका बासिन्दाले छान्ने उनको भनाइ थियो ।

आइतबार अध्यक्ष ओली कमल गाउँपालिकाका विभिन्न टोलहरूमा पुगेर मतदातासँग भेट गरिरहेका छन् । शनिबारसमेत उहाँले यही गाउँपालिकाका विभिन्न टोलमा पुगेर स्थानीयसँग उनले भेटघाट गरे ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  २ : ०९ बजे

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली– चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित