ज्येष्ठ नागरिकको सुरक्षित र सम्मानित जीवनका लागि सरकार गम्भीर : मन्त्री श्रेष्ठ « Khabarhub

ज्येष्ठ नागरिकको सुरक्षित र सम्मानित जीवनका लागि सरकार गम्भीर : मन्त्री श्रेष्ठ


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन सरकार गम्भीर भएर काम गरिरहेको बताएकी छन् । 

सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मन्त्री श्रेष्ठले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवनयापनको लागि बाध्यकारी व्यवस्था गरेर भए पनि राष्ट्रिय नीति, ऐन तथा अन्य व्यवस्था गरिने बताएकी हुन् ।

ज्येष्ठ नागरिकको सम्मानपूर्वक बाँच्ने वातावरणको सुनिश्चित सहित अन्तरपुस्ता ज्ञान, सीप तथा अनुभवको हस्तान्तरणको माध्यमद्वारा उत्पादनसँग जोडिएको समाजको विकासमा लाभ प्राप्त गर्ने नीति सरकारको रहेको उनले बताइन् ।

उनले पुस्तान्तरणको कार्यका लागि केही कार्यक्रम भए पनि संविधानले परिकल्पना गरेको ज्ञान, सीप, अनुभवलाई प्रयोग गर्ने राष्ट्रिय मार्ग निर्देश दर्शन निर्माण गर्न जरुरी रहेको धारणा राखिन् । 

आफ्नो कार्यकाल छोटो रहेपनि कानूनको मस्यौदा तयार गर्ने र अबको निर्वाचनपछि आउने सम्बन्धित सरकारले यसलाई अघि बढाउने उनको विश्वास छ ।  

बैठकमा मन्त्रालयका सचिव राधिका अर्यालले हाल सरकारले ज्येष्ठ नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाइएको र हाल १६ लाख बढी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध भइरहेको जानकारी दिइन् ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ४ : ४६ बजे

नेपालले गुमायो चौथो विकेट, कप्तान पौडेल आउट

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

तारामान गुरुङको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो अनुशासन समिति

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा तीन सदस्यीय

वानखेडेमा नेपाली क्रिकेटको रौनक (तस्बिरहरू)

आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको छ

नेपालको सय रन पूरा

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि

काठमाडौं– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा