आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि « Khabarhub

आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । 
 
यही २७ माघदेखि आगामी ९ फागुनसम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार २५औँ संस्करणको सो प्रतियोगितामा विदेशका तीन र नेपालका आठ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।  

प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको जनाउँदै च्याम्पियन टोलीले १४ लाख एक हजार, उपविजेताले सात लाख एक हजार रुपैयाँ पाउने आयोजकले जनाएका छन् । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले टेलजी कम्पनीको इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउँदा, अनुशासित टोली, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्टाइकर, प्रशिक्षक र सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँका साथमा ट्रफी पुरस्कार पाउने आयोजक सहाराले जनाएको छ ।

प्रतियोगितामा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङदी क्लब, जावलाखेल युवा क्लब, प्लानिङ ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लब र आयोजक टोली सहारा क्लब पोखरा सहभागी हुनेछन् ।

यसैगरी विदेशी टिमका रूपमा उज्वेकिस्तानको आभा फुटबल क्लब, भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब सहभागी हुनेछन् । आयोजक सहाराले यसवर्ष अस्थायी फ्लड लाइट जडान गरेर रात्रिकालीन समयमा खेल सञ्चालन गर्ने जनाएको छ ।  

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ५ : ५० बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००