इंग्ल्याण्डसँग नेपाल पराजित भएपछि प्रधानमन्त्री कार्कीले भनिन्ः आशा अझै बाँकी छ « Khabarhub

इंग्ल्याण्डसँग नेपाल पराजित भएपछि प्रधानमन्त्री कार्कीले भनिन्ः आशा अझै बाँकी छ


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्याण्डसँग भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल ४ रनले पराजित भएपछि प्रधानमन्त्री शुशिला कार्कीले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शनको प्रशंसा गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले खेलमा जित–हार स्वाभाविक भएको उल्लेख गरेकी छन् । उनले नेपाली टोलीले देखाएको संघर्ष र प्रदर्शन प्रशंसनीय रहेको बताएकी छन् । उनले अझै पनि नेपाली टोलीबाट राम्रो नतिजाको अपेक्षा गर्न सकिने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले आफ्नो स्टाटसमा लेखेका छन्, ‘जित–हार खेलको नियम हो। हामीले कसरी खेल्यौँ, त्यो महत्त्वपूर्ण हो। आज नेपाली टोलीको प्रदर्शन तारिफयोग्य छ। आशा अझै बाँकी छ।’

नेपालले इंग्ल्याण्डसँगको खेलमा अन्तिम ओभरसम्म संघर्ष गरेको थियो, तर लक्ष्य भेट्न नसक्दा ४ रनले हार बेहोर्नुपर्‍यो। तथापि, खेलमा देखाएको प्रतिस्पर्धात्मक प्रदर्शनले नेपाली टोलीको सम्भावना अझै जीवित रहेको संकेत गरेको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ९ : २० बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग