झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा « Khabarhub

झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

झापा – एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणअन्तर्गत आज सम्पन्न खेलमा जित निकाल्दै त्रिभुवन आर्मी फुटबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रङ्गशालामा भएको खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेडलाई ३–० गोलअन्तरले पराजित ग¥यो । पहिलो हाफमै दुई गोल गर्दै आर्मीले खेलमा स्पष्ट अग्रता बनाएको थियो । आर्मीका लागि पहिलो गोल दिनेश योञ्जनको पासमा नवीन लामाले गरे ।

त्यसपछि मध्यान्तरअगावै नवयुग श्रेष्ठले अर्को गोल थप्दै टोलीलाई २–० को अग्रता दिलाए । दोस्रो हाफको अन्त्यतिर ‘फ्रिकिक’मार्फत जर्ज प्रिन्स कार्कीले तेस्रो गोल गरेपछि आर्मीको जित सुनिश्चित भयो ।

प्रतियोगिताको विजेताले रु १५ लाख तथा उपविजेताले रु सात लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यामाहा कम्पनीको एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही रु ३५ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबसहित मछिन्द्र फुटबल क्लब, लालिगुराँस एसोसिएसन पोखरा, चर्च ब्वाइज युनाइटेड र आयोजक झापा–११ सहभागी छन् । यस्तै, भारतको सिङलिङ स्पोर्टिङ क्लब, भुटानको रोयल थिम्पु कलेज र मलेसियाको एन पेनाङ एफसीले पनि सहभागिता जनाएका छन् ।

प्रतियोगिताअन्तर्गत मङ्गलबार आयोजक झापा–११ र भारतको सिक्किमस्थित सिङलिङ स्पोर्टिङ क्लबबीच खेल हुने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  १० : ३८ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव