कांग्रेस सभापति गगन थापालाई हराउँदै सर्लाही-४ मा रास्वपाका सिंह विजयी « Khabarhub

कांग्रेस सभापति गगन थापालाई हराउँदै सर्लाही-४ मा रास्वपाका सिंह विजयी


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

सर्लाही – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्।

बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ३५ हजार ६८८ मत प्राप्त गर्दा उनका निकटतम नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत पाए । रास्वपाका सिंहले यस क्षेत्रमा मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम गरेका थिए ।

सिंह र थापाबीचको मतान्तर १२ हजार ८५० रहेको छ । यसअघि यो क्षेत्रमा सिंह स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए ।

सिंह यसअघि नेपाली कांग्रेसबाट दुई पटक र २०७९ मा स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचित भएका थिए । यो पटक नेपाली कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारसमेत घोषणा गर्दै सभापति थापालाई सर्लाही ४ बाट उठाएको थियो ।

क्षेत्र नं. ४ को नतिजासँगै सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिनस्वीप’ गरेको छ ।

नेकपा (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले नौ हजार ३४३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रजनिश राय यादवले एक हजार ४०१ र जनमतका उम्मेदवार राकेश मिश्राले एक हजार ५७२ मत प्राप्त गरेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए ।

एक लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ६ : ४१ बजे

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण