एमालेका अन्तिम पदाधिकारी पनि हारनजिक, श्रमसंस्कृतिले भोजपुरबाट अर्को सीट थप्दै « Khabarhub

एमालेका अन्तिम पदाधिकारी पनि हारनजिक, श्रमसंस्कृतिले भोजपुरबाट अर्को सीट थप्दै


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्षदेखि अधिकांश पदाधिकारी बढारिएको अवस्थामा अन्तिम आशा रहेका सचिव शेरधन राई पनि हारनजिक पुगेका छन् ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरमा सुरूवातदेखि नै श्रमसंस्कृतिबाट माटो चुनाव चिह्नका उम्मेदवार ध्रुवराज राईले निरन्तर अग्रता कायम गर्दै जित निकाल्न लागेका हुन् ।

भोजपुरकाा ९ पालिकामध्ये अब हतुवागढीको मात्रै मत गन्न बाँकी छ। अहिलेसम्म अरुण गाउँपालिका, आमचोक गाउँपालिका, टेम्के मैयुङ गाउँपालिका, पौवादुम्मा गाउँपालिका, भोजपुर नगरपालिका, रामप्रसाद गाउँपालिका, षडानन्द नगरपालिका र साल्पासिलिछोको मत गनिसकिएको छ।

यो अवस्थामा एमालेको एघारौँ महाधिवेशनपछि गत पुस २ गते हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृतितिर लागेका उनै ध्रुव शेरधनका लागि भारी परेका छन् ।

एमालेमा हुँदा राम्रो सांगठनिक प्रभाव रहेका उनी २०७९ को स्थानीय तह निर्वाचनमा पार्टीकै अन्तर्घातका कारण पराजित भएका थिए । त्यसपछि एमालेबाट विरक्तिएका उनी एघारौँ महाधिवेशन प्रतिनिधि बन्न नपाएपछि बाहिरिएका थिए ।

एमालेको महाधिवेशनमा कोशी प्रदेश इन्चार्जसमेत रहेका शेरधनले आफ्नो समूहकालाई मात्रै लगेपछि असन्तुष्ट उनले माटोको यात्रा थालेका थिए ।

अहिले आफ्नै पूर्वनेता शेरधनलाई पराजित गर्ने अवस्थामा ध्रुव पुगेका हुन् । अब हतुवागढी गाउँपालिकाको मात्रै मत गन्न बाँकी रहेको अवस्थामा ध्रुवले १९१९ मतको अग्रता बनाएका छन् ।

ध्रुवले आठवटा पालिकाको मत गनिसक्दा १४२४१ मत ल्याएका छन् । उता शेरधनले १२ हजार ३१९ मत मात्रै पाएका छन्। भोजपुरमा नेपाली कांग्रेसका बालकृष्ण थापा ८२ सय ९ मतमा छन् । उता राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले ५९ सय ३७ मत पाएका छन् । नेकपाका अजम्बर काङमाङ ५३ सय ३७ मतमा छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १२ : ४३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको