एमालेका अन्तिम पदाधिकारी पनि हारनजिक, श्रमसंस्कृतिले भोजपुरबाट अर्को सीट थप्दै « Khabarhub

एमालेका अन्तिम पदाधिकारी पनि हारनजिक, श्रमसंस्कृतिले भोजपुरबाट अर्को सीट थप्दै


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्षदेखि अधिकांश पदाधिकारी बढारिएको अवस्थामा अन्तिम आशा रहेका सचिव शेरधन राई पनि हारनजिक पुगेका छन् ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरमा सुरूवातदेखि नै श्रमसंस्कृतिबाट माटो चुनाव चिह्नका उम्मेदवार ध्रुवराज राईले निरन्तर अग्रता कायम गर्दै जित निकाल्न लागेका हुन् ।

भोजपुरकाा ९ पालिकामध्ये अब हतुवागढीको मात्रै मत गन्न बाँकी छ। अहिलेसम्म अरुण गाउँपालिका, आमचोक गाउँपालिका, टेम्के मैयुङ गाउँपालिका, पौवादुम्मा गाउँपालिका, भोजपुर नगरपालिका, रामप्रसाद गाउँपालिका, षडानन्द नगरपालिका र साल्पासिलिछोको मत गनिसकिएको छ।

यो अवस्थामा एमालेको एघारौँ महाधिवेशनपछि गत पुस २ गते हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृतितिर लागेका उनै ध्रुव शेरधनका लागि भारी परेका छन् ।

एमालेमा हुँदा राम्रो सांगठनिक प्रभाव रहेका उनी २०७९ को स्थानीय तह निर्वाचनमा पार्टीकै अन्तर्घातका कारण पराजित भएका थिए । त्यसपछि एमालेबाट विरक्तिएका उनी एघारौँ महाधिवेशन प्रतिनिधि बन्न नपाएपछि बाहिरिएका थिए ।

एमालेको महाधिवेशनमा कोशी प्रदेश इन्चार्जसमेत रहेका शेरधनले आफ्नो समूहकालाई मात्रै लगेपछि असन्तुष्ट उनले माटोको यात्रा थालेका थिए ।

अहिले आफ्नै पूर्वनेता शेरधनलाई पराजित गर्ने अवस्थामा ध्रुव पुगेका हुन् । अब हतुवागढी गाउँपालिकाको मात्रै मत गन्न बाँकी रहेको अवस्थामा ध्रुवले १९१९ मतको अग्रता बनाएका छन् ।

ध्रुवले आठवटा पालिकाको मत गनिसक्दा १४२४१ मत ल्याएका छन् । उता शेरधनले १२ हजार ३१९ मत मात्रै पाएका छन्। भोजपुरमा नेपाली कांग्रेसका बालकृष्ण थापा ८२ सय ९ मतमा छन् । उता राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले ५९ सय ३७ मत पाएका छन् । नेकपाका अजम्बर काङमाङ ५३ सय ३७ मतमा छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १२ : ४३ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा