अमेरिकी सैन्य कारबाहीमा इरानी नौसेनालाई ठूलो क्षति, ४२ जहाज ध्वस्त « Khabarhub

अमेरिकी सैन्य कारबाहीमा इरानी नौसेनालाई ठूलो क्षति, ४२ जहाज ध्वस्त


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिनको अवधिमा अमेरिकी सेनाले इरानका ४२ वटा नौसैनिक जहाज नष्ट गरेको दाबी गरेका छन् । फ्लोरिडा राज्यको डोराल शहरमा आयोजित ‘शील्ड अफ द अमेरिकाज समिट’ कार्यक्रममा पश्चिमी १२ देशका नेताहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ट्रम्पका अनुसार हालै गरिएको सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाले इरानको नौसेनालाई ठूलो क्षति पुर्‍याएको छ । उनले इरानको हवाई शक्ति कमजोर पारिएको तथा देशको मुख्य सञ्चार तथा दूरसञ्चार प्रणाली समेत ठप्प पारिएको दाबी गरे । ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी कारबाहीपछि इरानको नौसेना प्रभावहीन बनेको छ र सैन्य तथा सञ्चार संरचनामा गम्भीर असर परेको बताए ।

यसअघि फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध ‘ठूलो सैन्य अभियान’ सुरु गरेको बताएका थिए । उक्त अभियानपछि क्षेत्रीय तनाव तीव्र रूपमा बढेको छ । इरानले त्यसको प्रतिकारस्वरूप मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी र इजरायली लक्ष्यहरूमा लगातार प्रतिआक्रमण गरिरहेको बताइएको छ ।

अर्ध–सरकारी तस्निम समाचार एजेन्सीका अनुसार पछिल्लो एक साताको अवधिमा इरानी सेनाले करिब ६०० वटा मिसाइल प्रहार गरेको छ भने करिब दुई हजार ६०० वटा ड्रोन प्रयोग गरी आक्रमण गरेको जनाएको छ । ती आक्रमणहरू अमेरिका र इजरायलसँग सम्बन्धित करिब २०० सैन्य तथा रणनीतिक लक्ष्यहरूमा केन्द्रित रहेको बताइएको छ ।

विश्लेषकहरूका अनुसार अमेरिका, इजरायल र इरानबीच बढ्दो सैन्य गतिविधिले मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था झन् संवेदनशील बनाएको छ । पछिल्ला घटनाक्रमले क्षेत्रीय द्वन्द्व थप फैलिने जोखिम बढाएको भन्दै अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई नजिकबाट नियालिरहेको बताइएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १ : १४ बजे

ओलीको स्वास्थ्य अवस्था : पत्थरीको शल्यक्रिया गर्न दिए सहमति, परीक्षण रिपोर्ट कुर्दै चिकित्सक

काठमाडौं– ज्यान कसुरसम्बन्धी मुद्दामा गत शनिनबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका

युद्धविराम गर्ने ट्रम्पको सङ्केत, इरान सशंकित : रोकिएला द्वन्द्व ?

काठमाडौं– एक महिनाभन्दा बढी समयदेखि पश्चिम एशियामा जारी युद्धले नयाँ

‘राम नाम सत्य’मा आधुनिक राजकुमारी बनेकी दिव्या भन्छिन्- मैले काम देखाउन पाएको छु

काठमाडौं – फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति नजिकिएसँगै नायिका

क्रिटिक्स अवार्ड २०८१ : ‘साम्बाला’ उत्कृष्ट फिल्म, दयाहाङ र थिन्ले उत्कृष्ट घोषित

काठमाडौं – क्रिटिक्स अवार्ड २०८१ मा ‘शाम्बाला’ले उत्कृष्ट फिल्मको अवार्ड