भक्तपुर-२ मा समानुपातिक मतगणना सकियो, रास्वपाले ४३ हजार ल्याउँदा कांग्रेस-एमाले ८ हजारमा सीमित « Khabarhub

भक्तपुर-२ मा समानुपातिक मतगणना सकियो, रास्वपाले ४३ हजार ल्याउँदा कांग्रेस-एमाले ८ हजारमा सीमित


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नं २ मा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४३ हजार ३२२ मत ल्याएर पहिलो बनेको मतदान अधिकृत राधिका सुवालले जानकारी दिइन् ।

नेपाली कांग्रेसले आठ हजार ७७८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आठ हजार ३९०, नेमकिपाले तीन हजार ५२१, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले एक हजार ९३०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई हजार ८३२, श्रम संस्कृति पार्टीले एक हजार ७५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा आज बिहान ११ः०० बजेदेखि समानुपातिकतर्फको मतगणना सुरु भएको छ । दिउँसो १ः०० रास्वपाले ११ हजार ७११ मत ल्याएर पहिलो बनेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम बिसीले जानकारी दिए ।

त्यस्तै नेपाली कांग्रेसले एक हजार ५६५, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले एक हजार ६५, नेमकिपाले तीन हजार ६५४, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले ३२७, राप्रपाले ७३१, श्रम संस्कृति पार्टीले १९२ मत प्राप्त गरेका छन् । क्षेत्र नं १ मा मतगणना जारी रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  २ : ०५ बजे

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार