निर्वाचन परिणामबारे प्रधानमन्त्रीको सन्देश : एक पटकको जनादेश सधैँलाई स्थायी हुँदैन « Khabarhub

निर्वाचन परिणामबारे प्रधानमन्त्रीको सन्देश : एक पटकको जनादेश सधैँलाई स्थायी हुँदैन


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु नेपाली जनता, संविधान र राष्ट्रको जित भएको बताएकी छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले विशेष अवस्थामा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु ठूलो उपलब्धि भएको उनले बताइन् । यसबाट नेपाली जनता, संविधान र राष्ट्रको जित भएको उनको भनाइ छ ।

निर्वाचन सम्पन्न गरेर शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक निकास दिन सकेको उनले बताइन् । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न योगदान गर्नेप्रति आभार प्रकटसमेत गरिन् ।

लोकतन्त्रमा मतपत्र केवल कागजको टुक्रा नभई नागरिकको आत्मसम्मानको प्रतीक भएको उनले बताइन् ।

उनले एकपटक प्राप्त गरेको जनादेश सधैँका लागि स्थायी हुँदैन भन्ने कुरा निर्वाचित जनप्रतिनिधिहरूले हेक्का राख्नुपर्ने धारणा राखिन्

कानुनी रूपमा जनादेशको अवधि पाँच वर्षको भए पनि यसको नैतिक वैधता प्रत्येक क्षणमा जनताको विश्वासबाट पुनः अनुमोदित हुँदै जानुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री कार्कीले संविधानले महिला अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको र पछिल्ला दशकमा राज्यका विभिन्न संरचनामा महिला सहभागिता उल्लेखनीय रूपमा बढेको उल्लेख गरिन्।

अझै पनि महिलाहरू विभेद, असमान अवसर, लैङ्गिक हिंसा र संस्कृतिजन्य असमानताबाट मुक्त हुन नसकेकाले अधिकारका लागि अझ दृढतासहित अघि बढ्नुपर्ने उनले बताइन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  २ : ४३ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित