भोजपुरमा श्रमसंस्कृतिका ध्रुवराज विजयी, एमाले सचिव शेरधन पराजित « Khabarhub

भोजपुरमा श्रमसंस्कृतिका ध्रुवराज विजयी, एमाले सचिव शेरधन पराजित


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

भोजपुर – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत भोजपुरमा ‘माटो’ चुनाव चिह्नबाट उम्मेदवारी दिएका ध्रुवराज राई विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार राईले १६ हजार ६६३ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार एवम् कोशीका पूर्वमुख्यमन्त्री शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरेका छन्।

यस्तै नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७० मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले ६ हजार १०२ मत प्राप्त गरेका छन्। त्यस्तै ‘तारा’ चुनाव चिह्नका उम्मेदवार अजम्बर राई काङमाङले ५ हजार ६२८ मत प्राप्त गरेका छन्।

पुस २ गते नेकपा एमाले छाडेर हर्कराज राईको श्रमसंस्कृति पार्टीमा प्रवेश गरेका ध्रुवराज भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका पूर्वअध्यक्ष हुन् । उनी पहिलो प्रयासमै संघीय संसद्को यात्रा तय गर्न सफल भएका छन् ।

उता शेरधन लगातार दोस्रो पटक पराजित भएका छन् । २०७९ नेपाली कांग्रेससँगको गठबन्धनबाट तत्कालीन माओवादी नेता सुदन किरातीलले शेरधनलाई हराएका थिए ।

यस पटक सुदन मैदानमा नभए पनि प्रगतिशील लोकतान्त्रिक पार्टीको पनि समर्थन दिलाएर सुदनले शेरधनलाई हराउन भूमिका खेले ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ३ : ११ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा