गगनलाई अमरेशको खुला पत्र : भ्रष्टको साथ छाडेर स्वच्छ राजनीति गर्नुस् « Khabarhub

गगनलाई अमरेशको खुला पत्र : भ्रष्टको साथ छाडेर स्वच्छ राजनीति गर्नुस्


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले कांग्रेस सभापति गगन थापालाई सञ्जालमार्फत खुला पत्रलेखेको छन् । सिंहले फेसबुकमा लेखेको खुल्ला पत्रमा थापालाई स्वच्छ राजनीति गर्न आग्रह गरेका छन् ।

उनले सर्लाहीमा आएर चुनाव लडेको भन्दै थापालाई धन्यवाद दिँदै भनेका छन्, ‘तपाई आफैं उम्मेदवार भएर आएको भए प्रतिस्पर्धा अझ रोचक हुने थियो। तर तपाईं भ्रष्टहरुद्वारा आयातित उम्मेदवार हुनुभयो।’

साथै आफूविरुद्ध व्यक्तिगत र पारिवारिक जीवनमाथि टिप्पणी गराउन खोजिएको आरोप पनि सिंहले स्टाटसमार्फत गरेका छन्।

सिंहले राजनीति सिद्धान्त र एजेन्डामा आधारित हुनुपर्ने आफ्नो विश्वास रहेको उल्लेख गर्दै चुनावका तिता कुरालाई अब समाप्त गरेर देश निर्माणमा सहकार्य गर्न सकिने संकेत दिएका छन् ।

सिंहले थापालाई कांग्रेस परिवर्तन गर्न खोजे पनि आफू परिवर्तन हुन नसकेको टिप्पणी गर्दै आगामी दिनमा स्वच्छ र पारदर्शी राजनीति गर्न सुझाव दिएका छन् ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिंहले सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट गगन थापालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ९ : ४८ बजे

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार